३७ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवार सो संख्यामा संक्रमित भेटिएका हुन् । सुर्खेतका २१, दैलेखका १०, जुुम्ला र सल्यानका एक÷एक जना र अन्य प्रदेशका चार जनामा कोरोना देखिएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार एक सय ७३ पुगेको छ । हालसम्म दुई हजार पाँच सय ९८ पुुरुष र पाँच सय ७५ जना महिला गरी तीन हजार एक सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । तर, पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा चार सय ८० मात्र सक्रिय संक्रमित छन् । संक्रमितमध्ये दुई हजार ६ सय ८७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । प्रदेशमा ७१ हजार एक सय ५५ जनाको आरटी–पीसीआर परीक्षण गरिएको छ ।