बन्दाबन्दीले सिकाएको स्व–अध्ययन

कपिलकुमार बोगटी

बन्दाबन्दी भनेको तीव्र रूपमा फैलिने संक्रमाक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिएको भौतिक दूरी कायम गर्ने नीति हो ।

कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण धेरै देशले बन्दाबन्दीको नीति लिएका छन् । यो स्थितिले चिन्ताजनक स्वरूप ग्रहण गर्दैछ । बन्दाबन्दीले घरमा बसिरहँदा मानिसमा मनोवैज्ञानिक असर परेको छ । भारतमा गरेको एक अध्ययनका अनुसार २० प्रतिशत मानिस नैराश्य जस्ता रोगले पीडित भएका छन् । नेपालमा पनि यसको ठूलो प्रभाव देखिन्छ  ।

बन्दाबन्दीले गर्दा विद्यार्थी, शिक्षक र बालबालिकामा नराम्रो मनोवैज्ञानिक असर परेको छ । यस्तो अवस्थामा समय बिताउने एउटै सूत्र वा समय बिताउने एउटै माध्यम स्व–अध्ययन गर्नु नै हो ।

स्व–अध्ययन भनेको आफैले अध्ययन गर्नु हो । विद्यालयको पढाइ औपचारिक हुन्छ भने स्व–अध्ययन अनौपचारिक हुन्छ । विद्यालयको पठनपाठनले योग्यता हासिल गर्छ भने स्व–अध्ययनले मानिसले योग्यता हासिल नगरेपनि जीवनमा आउने समस्यालाई समाधान गर्न सक्छ । व्यक्तिले ज्ञान हासिल गर्न सक्छन् त्यसैले स्व–अध्ययनको ठूलो महŒव छ ।

वर्तमान समयमा कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त भइरहेको छ । सरकारी कार्यालयहरू, विद्यालय, कलेज तथा सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू बन्द रहेका छन् । यो अवस्था महामारीको अवस्था भएकाले विश्व नै बन्दाबन्दीमा परेको छ । यतिखेर विद्यालयका शिक्षक, विद्यार्थी र कार्यालयका कर्मचारीहरू पनि घरभित्रै बस्न बाध्य भएका छन् ।

यो अवस्था भनेको औपचारिक शिक्षा भन्दा अनौपचारिक शिक्षाभित्रको स्व–अध्ययनको बढी महŒव छ । बन्दाबन्दीका कारण परिवारका सदस्यहरू पनि नजिक हुन पाएका छैनन्, सामाजिक दूरी कायम गर्नु पर्छ । त्यस्तो अवस्थामा समय प्रशस्त भए पनि मान्छेहरू काम नगरेर भौतारिरहेको पाइन्छ र पढ्ने विद्यार्थीहरूका लागि सुवर्ण अवसर रहेको छ । यसको लागि विद्यार्थीले घरभित्र तालिका बनाएर पढ्न सक्दछन् । कसैले बनाउँदा भन्दा पनि आफैले तालिका बनाएर स्व–अध्ययन गर्न उपयुक्त मानिन्छ । कति समयसम्म पढ्ने र के पढ्ने भनेर भन्ने कुराको निक्र्यौल गर्नु पर्दछ ।

सुरुमा आफूलाई रुचि लाग्ने विषय पढ्नु पर्दछ । स्व–अध्ययनमा रुचि लगाउनु पर्दछ । यसरी पढ्दै जाने हो भने पढाइमा रुचि जाग्छ । नयाँ–नयाँ कुराको ज्ञानको खोजी गर्ने इच्छा शक्ति जाग्छ । विद्यार्थीले यसरी स्व–अध्ययन गर्दै गयो भने सिर्जनशीलतामा विकास हुँदै जान्छ । कथा, कविता, गीत, गजल, निबन्ध जस्ता साहित्यिक कुराहरू सिर्जना गर्न सक्दछ । त्यसैले यस्तो बन्दबन्दीमा स्व–अध्ययनको एकदमै महŒव र विशेष भूमिका रहन्छ । यस्तो अवस्थामा विद्यार्थीहरूले खाली बस्नु भन्दा स्व–अध्ययन गरेर समय बिताउन सार्थक मानिन्छ । विगतलाई केलाएर हेर्ने हो भने स्व–अध्ययनले मानिसलाई व्यवहारिक बनाउन सिकाएको छ । जस्तैः

  • कलेज छाडेका विल गेट्स कुशल व्यवस्थापन र समयको सदुपयोगले विश्वकै धनी व्यक्ति बने ।
  • सात पटक एसएलसी फेल भएका रविन्द्रनाथ टैगोर विश्व कवि बने ।
  • कलेजको पढाइ बीचैमा छाडेर सानो पर्सनल कम्प्युटरबाट बिजनेस सुरु गरेर स्टीभ जब्स कम्प्युटरमा क्रान्ति गर्दै एप्पलका मालिक बने ।
  • तीन पटक एस.एल.सी. फेल हरिवंश अचार्य संघर्षले नामी कलाकार बने ।
  • तेह्र वर्षमा स्कुल छाडेर पुस्तक पसलमा काम गर्ने माइकल फराडे अथक खोज र स्व–अध्ययनका कारण विद्युतको निर्माण गर्ने महान वैज्ञानिक बने ।
  • स्कुलको मुख समेत नदेखेका जोन डि रकेफेलर विश्वकै धनी बने ।

त्यसैले यहाँ असम्भव भन्ने चिज केही पनि छैन, मात्र दुःख, संघर्ष र मेहेनत गर्नुपर्छ ।यस्तो महामारीको बेला त्यतिकै समय खेर फालेर दिन बिताउनुभन्दा एउटा पुस्तक स्व–अध्ययन ग¥यो भने मानिसलाई व्यवहारिक जीवनमा बाँच्न सिकाउँछ । माथि उल्लेखित महान व्यक्तित्वहरू पनि स्व–अध्ययनकै कारण महान बनेका हुन् । त्यसैले वर्तमान बन्दाबन्दी तथा महामारीको परिप्रेक्ष्यमा स्व–अध्ययन बाहेक अरु कुनै विकल्प देखिदैन  ।

नेपालमा पनि २०७२ सालको भूकम्प र पछि गएका पराकम्पनले गर्दा प्रभावित क्षेत्रका भौतिक संरचनाहरू क्षतिग्रस्त भएपछि पठनपाठन ठप्प भइ शैक्षिक प्रणालीमा ठूलो क्षति पु¥याएको थियो । अहिले पनि नेपाल लगायत विश्वका सबै देशहरूको शैक्षिक प्रणाली नौ अस्तव्यस्त नै बनाइदिएको छ ।

यो अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र साक्षर मानिसहरूका लागि स्व–अध्ययन गर्ने एउटा ठूलो अवसर पनि हो । समयको सदुपयोगसँगै आफ्नो जीवनलाई सार्थक र व्यवहारिक बनाऔं ।

(लेखक सुर्खेत क्याम्पस शिक्षामा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् ।)

प्रकाशित मितिः   २७ भाद्र २०७७, शनिबार ०६:०३