६४ हजार बढीमा कोरोना परीक्षण
कर्णाली प्रदेशमा हालसम्म ६४ हजार दुई सय ८० जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये दुई हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये अन्य प्रदेशमा स्थायी ठेगाना भएका एक सय ४५ जना हुन् ।
मंगलवार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ११, दैलेखका दुई, कालीकोटका एक र कर्णालीमै गरिएको परीक्षणमा अन्य प्रदेशका तीन जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ९१ पुगेको हो । यस्तै मंगलवार २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कर्णालीमा दुई हजार तीन सय ४० जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अब प्रदेशमा तीन सय ४५ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सुर्खेतमा एक सय ६०, दैलेखमा २२, सल्यानमा १५, जाजरकोटमा सात, रुकुुम–पश्चिममा १०, जुम्लामा ६३ र कालीकोटमा २० जना आइसोलेसनमा उपचाररत छन् । ती बाहेक अन्य संक्रमित होम आइसोलेसनमा रहेको जनाइएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः २४ भाद्र २०७७, बुधबार ०६:०१
साझा बिसौनी ।