संक्रमितको संख्या ३७ हजार नाघ्यो

शनिवार देशभर थप आठ सय ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा दुई सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् ।

मन्त्रालयले शनिवार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार तीन सय ४० पुगेको जनाए । संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार शनिवार मात्र नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या दुई सय सात पुगेको हो ।

यस्तै, कर्णालीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ७६ पुगेको छ । तीमध्ये दुई हजार ८४ जना संक्रमणमुक्त भइसकेका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा तीन सय १२ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १४ भाद्र २०७७, आईतवार ०६:०१