‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप दुई जनामा संक्रमण पुष्टि

वीरेन्द्रनगरमा गत साउन २८ गते कोरोना भाइरस ‐कोभिड–१९) पोजेटिभ देखिएका १८ जनाको कन्ट्याक्ट टे«सिङ गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत बसपार्कमा गरिएको स्वाब संकलनमा नौ जनामा संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूमा पनि परीक्षण गरिएको थियो । ती संक्रमितको कन्ट्याक्ट टे«सिङका आधारमा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको कन्ट्याक ट्रेसिङ पछाउँदा अरु दुई जना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

प्रमुख वाग्लेले वीरेन्द्रनगरका फुटपाथमा बसी काम गर्ने ३७ जनामा कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सोमवार कर्णालीमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ८१ पुगेको छ । कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार नौ सय २८ पुगेको छ । प्रदेशभर सोमवारसम्म एक सय ६६ जना कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म कर्णालीमा ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

प्रकाशित मितिः   २ भाद्र २०७७, मंगलवार ०६:०१