थप पाँच जनामा संक्रमण
कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रवार भेटिएका संक्रमित दैलेख, जुुम्ला र सल्यानका हुन् । महाशाखाले पाँच सय ८१ जनाको स्वाब परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको आर–टी पीसीआर परीक्षणमा सल्यानका एक, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुुम्लाका एक र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका तीन जनामा संक्रमण पुष्टि भएको हो । महाशाखा प्रमुुख डा. लक्ष्मीनारायण तिवारीले पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या दुुई हजार ५७ पुगेको जानकारी दिए । त्यसमध्ये एक हजार नौ सय आठ जना संक्रमणमुक्त भइसकेका छन् ।
शुक्रवार मात्रै सात जना कोरोना संक्रमणमुुक्त भएर घर फर्किएको उनले बताए । कर्णालीमा अब सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४३ रहेको छ । प्रदेशमा अहिलेसम्म ४६ हजार छ सय ४३ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणबाट प्रदेशमा ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च हुुन थालेपछि प्रदेश सरकार र स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । सरकारले सिमा नाकामा कडाइ गर्ने, बाहिरबाट आउने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेको छ । स्थानीय प्रशासनले पनि समुदायस्तरमै संक्रमणको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
प्रकाशित मितिः ३१ श्रावण २०७७, शनिबार ०६:०२
साझा बिसौनी ।