डेकेन्द्रको सम्झना
पत्रकार डेकेन्द्र थापाको हत्या भएको १६ वर्ष पुगेको छ । मंगलवार उनको १६औं स्मृतिमा प्रस्तावित सहिद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सम्झना गरेकोे छ । सशस्त्र द्वन्द्वकालमा २०६१ साउन २७ गते तत्कालीन विद्रोही पक्ष ‐नेकपा माओवादी) बाट दैलेखका पत्रकार थापाको हत्या भएको थियो ।
स्मृतिसभामा पत्रकारहरूले उनले पत्रकारितामा पु¥याएको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले स्व. थापाले साहसी र नेतृत्वदायी पत्रकारिता गरेर पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गरेको बताए । थापाले कठिन परिस्थितिमा पनि जनताका पीडा र कथा–व्यथा पत्रकारितामार्फत उजार गरेको स्मरण गर्दै उनी एउटा निर्भिक, साहसी र अन्तर्राष्ट्रियस्तरसम्म परिचित व्यक्ति भएको औंल्याए । उनले थापाको हत्यामा न्यायको लडाइ जारी रहेको उल्लेख गरे । पत्रकारमाथि हुने यस्ता घटनामा न्यायको लडाइँ लड्न पत्रकार महासंघ अग्रहणी भूमिकामा रहेको उनको भनाइ थियो ।
यस्तै कार्यक्रममा स्व. थापाकी श्रीमती लक्ष्मी थापा, इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसी, सुुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, सुर्खेतस्थित पत्रकारहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २८ श्रावण २०७७, बुधबार ११:४३
साझा बिसौनी ।