३६ संक्रमित निको, चार जना थपिए

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का थप ३६ जना संक्रमित निको भएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवार प्रदेशका विभिन्न जिल्लाका आइसोलेसनमा उपचाररत संक्रमित संक्रमणमुक्त भएका हुन् ।

बिहीवार सुर्खेतका पाँच जना, दैलेखका २१ र कालीकोटका १० जना संक्रमणमुक्त भएका छन् । महाशाखाका प्रमुुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार आठ सय आठ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा अब सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४६ मात्र छ ।

यस्तै, बिहीवार चार जना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार नौ सय ६० पुगेको छ । बिहीवार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको आरटी–पीसीआर परीक्षणमा सु्र्खेतका २४ र दैलेख घर भइ सुर्खेतमा रहेका ८६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका २८ वर्षीय महिला र जुम्लाका ४३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७७, शुक्रबार ०६:०१