एमयूको ध्यान पूर्वाधार निर्माणमा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले भौतिक पूर्वाधार निर्माणलाई जोड दिने भएको छ । भौतिक संरचनामा नेपालकै सबैभन्दा अत्याधुुनिक तथा प्रविधियुुक्त विश्वविद्यालय बनाउन बृहत गुरुयोजना बनाइएको छ ।

विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले अबको साढे दुई वर्षभित्र मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट विश्वविद्यालयका रूपमा स्थापित गर्ने दावी गरेका छन् । बुधवार वीरेन्द्रनगर पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई भौतिक तथा शैक्षिक रूपमा उत्कृष्ट विश्वविद्यालय बनाएर विश्वमा चिनाउने जिकिर गरे । भौतिक संरचना निर्माणमा गर्ने योजना प्रस्तुुत गर्दै यसको काम तत्काल अगाडि बढाइने जानकारी सिंहले दिए ।

शैक्षिकसँगै ‘इकोनोमिक हब’ का रूपमा विकास गरेर उचाईंमा पु¥याइने दावी गर्दै उनले भने, ‘विश्वविद्यालय आफै स्रोत साधनले परिपक्व हुन ‘इकोनोमिक हब’ बनाउँछौं । यसका लागि त्यस्तै खालको भौतिक संरचना निर्माण हुन्छ ।’ एमयूको भवनमा पार्टी प्यालेस, सपिङ्ग सटर, ठूूला सेमिनार हल बनाउने योजना सिंहले सार्वजनिक गरे । ‘विश्वका मान्छेहरू टिकट काटेर विश्वविद्यालय हेर्न आउन लायक बनाउँछौ‌ं’ उनको दावी थियो ।

यस्तै उपकूलपति सिंहले विश्वविद्यालयलाई पारदर्शी र भ्रष्टाचारमुक्त गराउन आवश्यक तयारी सुरु गरिएको जानकारी दिए । नियम विपरीत भएका कार्यहरू रोक्ने र अब हुन नदिने बताए । शैक्षिक उन्नयनका लागि आगामी मंसिर–पुसदेखि कृषि संकाय सञ्चालन गर्ने गरी तयारी गरिएको जनाउँदै मेडिकल साइन्स सञ्चालनका लागि पनि आवश्यक योजना बनाइएको जनाए ।

यसैबीच विश्वविद्यालयका सबै पदाधिकारीले अनिवार्य पढाउनुपर्ने निर्णय गरिएको छ । उपकूलपति र रजिस्ट्रारले महिनामा दुई पटक, डीन, कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीहरूले महिनामा चार पटक, सहायक डिनले महिनामा ६ पटक, क्याम्पस प्रमुुखले महिनामा आठ पटक र सहायक क्याम्पस प्रमुखले नियमति कक्षा लिने निर्णय भएको विश्वविद्यालयका प्रवक्ता हरिप्रकाश चन्दले जानकारी दिए ।

प्रकाशित मितिः   २२ श्रावण २०७७, बिहीबार ०६:०२