३५ जनाले गरे रक्तदान

परोपकार पुनस्र्थापना केन्द्रले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको समन्वयमा बिहीवार वीरेन्द्रनगरमा रक्तादान कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेको पुनस्र्थापना केन्द्रका लेखापाल योगेश पौडेलले जानकारी दिए ।

उनले केन्द्रले तीन–तीन महिनाको अवधिमा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएकाले बताए । केन्द्रले वीरेन्द्रनगरमा सुधार गृह सञ्चालन गर्दै आएको छ । पौडेलका अनुसार सुधार गृहमा रहेका व्यक्तिहरू, केन्द्रका पदाधिकारी र केन्द्रसँग सम्बन्धित अन्य व्यक्तिहरूले रक्तदान गरेका हुन् ।