थपिए २८ संक्रमित

कर्णालीमा आइतवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका २५ जना र सुर्खेतका तीन जनामा संक्रमण देखिएको हो । जिल्ला अस्पताल दैलेखमा गरिएको आरटी–पीसीआर परीक्षणमा २५ जना र प्रदेश अस्पतालको प्रयोगशाला भएको परीक्षणमा तीन जनामा संक्रमण भेटिएको छ ।

कोरोना पुष्टि हुनेहरूमा दैलेखको नारायण नगरपालिकाका २४, दुल्लू नगरपालिकाका एक, भेरीगंगा नगरपालिका सुर्खेतका दुई र पञ्चपुरी नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार आठ सय ७९ पुगेको छ ।

आइतवार संक्रमणमुक्त भएका पाँच जनासहित प्रदेशमा एक हजार ६ सय ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । पछिल्लो अभिलेख अनुसार दुई सय २९ जना सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कोरोना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १२ श्रावण २०७७, सोमबार ०६:०५