शिक्षिकाहरू संगठित

सुर्खेतका सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाहरू संगठित भएका छन् । शनिवार १३ सदस्यीय तदर्थ समिति गठन गरी उनीहरू संगठित भएका हुन् । तदर्थ समितिको अध्यक्षमा शिक्षिका अमृता सापकोटा चयन भएकी छन् ।

त्यस्तै उपाध्यक्षमा रत्ना विक, सचिवमा विन्द्रा बस्नेत ‐बडुवाल), सह–सचिवमा नन्दा विक, कोषाध्यक्षमा मायाकुमारी शाही चयन भएको तदर्थ समितिका सल्लाहकार खगीसरा शाहीले जानकारी दिइन् । उनका अनुसार सदस्यहरूमा तुल्सी बस्नेत, भगवती कोइराला, कौशिला सिंह, प्रतिमा बिसी, चित्रा ढकाल, हेमा भारती, रमिता शाह र कमला पाठक चयन भएका छन् ।

समितिको सल्लाहकारमा जानकी ढकाल, खगीसरा शाही, अमृता चपाईं, इन्द्रा शाही र सरस्वती बस्तेत चयन भएका छन् । जिल्लास्तरको कार्यसमिति र जिल्ला भरका स्थानीय तहमा समेत यही तदर्थ समितिले संगठन विस्तार गर्ने जनाइएको छ ।

प्रकाशित मितिः   ४ श्रावण २०७७, आईतवार ०६:०२