सुर्खेतमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

सुर्खेत, २५ कात्तिक । सुर्खेतमा अन्तर्राष्टिय व्यापार मेला आयोजना हुने भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेत लगानी वर्ष २०७३ कार्यान्वयन अभियान अन्तर्गत आगामी मंसिर २३ देखि पुस ३ गतेसम्म अन्तर्राष्टिय व्यापार मेला आयोजना गर्न लागेको हो ।

यस वर्षको महोत्सव विगतका महोत्सवहरुमा भन्दा नयाँ र पृथक हुने संघले दावी गरेको छ । यस वर्षको महोत्सवले सुर्खेत र आसपासका जिल्लाको मात्र नभई अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य र सम्पदाको प्रवद्र्धन विश्वमाझ गर्ने संघले जनाएको छ । ‘प्रस्तावित छैठौं प्रदेशको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतलाई व्यवसायिक हबका रुपमा स्थापित गर्नुका साथै कर्णालीलाई राज्यको मूल प्रणाली बनाउन अहम् भूमिका निर्वाह गर्ने महत्वपूर्ण कोशेढुंगा हुने विश्वास हामीले लिएका छौं’ संघले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मध्यपश्चिमको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेको मुगुका रारा ताल तथा छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि सडक तथा हवाई मार्ग (हेलिकोप्टर) समेतको प्याकेज यो महत्सबमा नौलो आकर्षणका रुपमा रहने छन । यसैगरी स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, पहिरन र परिकारपनि महोत्सवको मुख्य आकर्षणका रुपमा रहने छन । महोत्सव स्थलमा विभिन्न स्थानीय तथा राष्टियस्तरका ४ सय वटा स्टलहरुका साथै अलग्गै लगानी पवेलिएनसमेत निर्माण गरिने जनाइएको छ । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रकासमेत गरी करिब ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । जुन विगतका मेलाको दाँंजोमा संख्यात्मक रुपमा प्रभावकारी हुने विस्वास संघले लिएको छ ।

त्यसैगरी छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशहरुका उत्पादनहरुको छुट्टै ३० वटा अन्तर्राष्टिय स्टलहरु रहने जनाइएको छ । यसका साथै सुर्खेतमा लगानी वर्ष जारी रहेकोले ती देशहरुका उद्योगी, व्यापारी र व्यवसायीहरु संग लगानीका सम्भावनाहरुबारे अन्तर्राष्टियस्तरको सेमिनारको आयोजना महोत्सव अवधिमा गरिनेछ । साथै, महोत्सवमा पर्यटन सम्वन्धि अन्तरक्रिया गर्नुका साथै देशको विभिन्न संस्कृति तथा अन्य महत्वपूर्ण कुराहरु झल्कने गरी फोटो प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ । उद्घाटन र समापन समारोहको दिन समेत गरी ११ दिन संगीत साँंझ, सांँस्कृतिक कार्यक्रम तथा मनोरञ्जन कार्यक्रम मेलाको अर्को आकर्षण रहनेछ ।

“कर्णाली एक्स्पो अन्र्तराष्ट्रिय व्यापार मेला २०१६” नाम दिइएको यो महत्सव सफलातापूर्वक सम्पन्न गर्नका लागि संघले सबैसँग आग्रह गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ मूख्य आयोजक रहेको महोत्सवको सह आयोजक जिल्ला विकास समिति सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौं र प्रवद्र्धकका रुपमा नेपाल टुरिजम बोर्ड रहेको छ ।

प्रकाशित मितिः   २५ कार्तिक २०७३, बिहीबार ०७:०४