थप १२ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवार ६ जिल्लाका १२ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोट र सल्यानका दुुई÷दुुई जना तथा सुुर्खेतका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका एक जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका पाँच जना र रुकुम–पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुुम–पश्चिमका एक जनामा कोरोना संक्रमण देखिएको हो । कर्णालीमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार सात सय २६ पुगेको छ ।

यस्तै बिहीवार नै कोरोना संक्रमणमुक्त भएर कर्णालीमा १३ जना घर फर्किएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार चार सय ८८ पुगेको छ ।

प्रकाशित मितिः   २ श्रावण २०७७, शुक्रबार ०६:०१