व्यवसायीद्वारा विरोध प्रदर्शन
सुर्खेतका व्यवसायीहरूले आइतवार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समितिको आयोजनामा चरणबद्ध आन्दोलन घोषणा गरेका व्यवसायीहरूले पहिलो दिन विरोध ¥याली गरेका हुन् ।
लकडाउनका कारण व्यवसायीहरूलाई परेको समस्याबारे राज्यका निकायको ध्यानाकर्षण गराउन चरणबद्ध आन्दोलन घोषणा गरिएको हो । सरकारले निजी क्षेत्रलाई राहतका प्याकेज दिनुपर्ने माग उनीहरूको छ । संघर्ष समितिले व्यवसायीहरूका समस्याहरूलाई राखेर आइतवार दिउँसो विरोध ¥यालीसहित नेपाल राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाएको समितिका संयोजक गणेशकुमार बस्नेतले बताए ।
कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय नै ठप्प भएको बेला न्यूनतम मानवीयताको समेत ख्याल नगरी बैंकले ब्याज र किस्ता बुझाउन बारम्बार दबाब दिनुले व्यवसायीहरू दुःखी भएको भन्दै निजी क्षेत्रको मागहरूलाई सम्बोधन गर्न व्यवसायीहरूले आग्रह गरेका छन् ।
प्रकाशित मितिः २९ असार २०७७, सोमबार ०९:५५
साझा बिसौनी ।