कर्णालीको आगामी बजेट सर्वसम्मत पारित
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले विनियोजन विधेयक(बजेट)-२०७७ सर्वसम्मत पारित गरेको हो ।
प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा बजेट पेश गरेका थिए । आगामी वर्षका लागि सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको छ ।
प्रकाशित मितिः २४ असार २०७७, बुधबार १४:५०
साझा बिसौनी ।