कोरोना प्रभावितलाई स्वरोजगार तालिम

कोरोना महामारीका कारण रोजगारी गुमाएका कर्णाली प्रदेशका तीन सय जना युवालाई स्वरोजगारमूलक तालिम सञ्चालन गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण रोजगारी गुमाएका सुर्खेत र दैलेखका युवालाई आय–आर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका एक सय ५० जना र दैलेखको नारायण नगरपालिकाका एक सय ५० जना युवा छनोट गरिएका छन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‐यूएनडीपी)को आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अति कमजोर वर्गका लागि आय–आर्जन सुरक्षित गराउन कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले बताए । कोरोना प्रभावितहरूलाई लघु उद्यममार्फत स्वरोजगार बनाउन सुर्खेतमा जिल्ला लघुउद्यमी समूह संघ र दैलेखमा जिल्ला लघु उद्यमी समूह संघबीच सम्झौता गरेर कार्यक्रम सुरू गरिएको उनले जानकारी दिए । उनका अनुसार कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत र अतिविपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ । उनीहरूको रुचि, बजार माग तथा आवश्यकताका अधारमा तालिमहरू सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित मितिः   २२ असार २०७७, सोमबार ०६:०१