ओपीडी सेवा पुनः सञ्चालन

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा सुरु हुने भएको छ । दश दिनदेखि बन्द भएको ओपीडी सेवा भोलि (आइतवार) देखि पुनः सञ्चालनमा आउने भएको हो । चिकित्सकसहित नौं जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि प्रदेश अस्पतालले असार ११ गतेदेखि आकस्मिक बाहेका सबै सेवा बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. डम्बर खड्काले आइतवारदेखि ओपीडी सेवा सञ्चालन गरिने जानकारी दिए ।