आज कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज (असार १५) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले धान दिवसको बिदा दिने निर्णय गरेको थियो ।

अघिल्ला वर्षमा असार १५ मा तामझामसहित धान दिवस मनाउने गरिए पनि यस वर्ष कुनै औैपचारिक कार्यक्रम नहुने भएका छन् । कारोना महामारीका कारण यस वर्ष रोपाइँका कुनै पनि औपचारिक कार्यक्रम नगरिने भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसमा औपचारिक कार्यक्रम नगरिने बताएको छ । मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले कोरोना जोखिमका कारण औपचारिक कार्यक्रम नराखिएको बताए ।

प्रकाशित मितिः   १५ असार २०७७, सोमबार ०६:०३