मदन जयन्तीमा वृक्षारोपण र रक्तदान

सुर्खेतः मदन भण्डारी स्पोट्स एकेडेमी सुर्खेतले वृक्षारोपण गरेको छ । आइतवार ६९औं मदन जयन्तीका अवसरमा वीरेन्द्रनगरस्थित अम्बिकादेवी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका झण्डै दुई सय विरुवा रोपिएको हो ।

मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश सचिव कुलमणि देवकोटा र स्पोट्र्स एकेडेमीका अध्यक्ष तेजविक्रम वस्नेतको अध्यक्षमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । फाउण्डेशन सुर्खेतका अध्यक्ष तेजविक्रम वस्नेत, अनेरास्ववियु सुर्खेतका अध्यक्ष धुपेन्द्र शाही, अम्बिकादेवी सामुदायिक वन समितिका अध्यक्ष डिल्ली कंडेललगायतको सहभागितामा वृक्षारोपण गरिएको हो । उक्त सामुदायिक वन क्षेत्रमा निकट भविष्यमा मदन स्मृति बाटिका निर्माण गर्ने योजना रहेको फाउण्डेशनका प्रदेश सचिव कुलमणि देवकोटाले जानकारी दिए ।

यस्तै, मदन भण्डारी फाउण्डेशन सुर्खेतले मदन जयन्तीका अवसरमा आइतवार विहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । वीरेन्द्रनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य नरबहादुर विष्ट, झकबहादुर मल्ल, निरज आचार्यलगायत जिल्लास्तरका नेताहरुको सहभागिता थियो ।

Loading...