भेरीग‌ंगाको आगामी बजेट साढे ६२ करोड

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि साढे ६२ करोडको बजेट ल्याएको छ । आज भएको सातौं नगरसभाको पहिलो बैठकमा ६२ करोड ८८ लाख ६५ हजार सात सय दुई रुपैयाँ बराबरको प्रस्तावित बजेट पेश गरिएको छ ।

चालुतर्फ ४८ करोड ६४ लाख १८ हजार सात सय एक रुपैयाँ तथा पूँजीगततर्फ १४ करोड २४ लाख ४७ हजार बराबरको बजेट प्रस्ताव गरिएको हो ।

बुधवारको बैठकले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

यस्तो छ नगरसभामा नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दद्वारा प्रस्तुत नीति तथा कार्यक्रम :

यस भेरीगंगा नगरपालिकाको सातौँ नगरसभामा उपस्थित उप–प्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, नगरसभाका सम्पूर्ण सदस्य ज्यूहरु, अन्य कर्मचारीहरु, पत्रकार साथीहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दछु ।

१. सम्पूर्ण विश्व नै कोभिड १९ (कोरोना भाइरस) महामारीको चपेटोमा परिरहेको चुनौतीपूर्ण र असहज स्थितीमा आज यस भेरीगंगा नगरपालिकाको आ.व. २०७७/०७८ सालको नीति तथा कार्यक्रम प्रस्तुत हुन गईरहेको छ । यस अवस्थामा भेरीगंगा नगरपालिकाबासी सबैमा सजगता, सामाजिक दुरी, सरसफाईसँग सँगै आर्थिक विकासका क्रियाकलापका लागि अनुरोध गर्न चाहन्छु ।

२. कोरोना भाइरस नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी, दमकल टीम, एम्बुलेन्स चालक, यस नगरक्षेत्रका प्रहरी, स्थानीयबासी सबैलाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसबाट संक्रमित सबैको सू–स्वास्थ्यको कामना गर्दछु ।

३. कोरोना भाईरसका कारण धेरै नागरिकको रोजगारी गुमेको अवस्था पनि छ । कैयन नागरिक विदेशी सीप बोकेर स्वदेश फर्किएको अवस्था छ । हाम्रो नीति तथा कार्यक्रममा यस्ता सीपहरुको सदुपयोग गर्नका लागि स्वरोजगारमुलक कार्यक्रम संचालन गर्न आवश्यक देखिन्छ ।

४. हाम्रा स्वास्थ्य संस्था र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुको पूर्वाधार निर्माण गर्नुका साथै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै लगिने छ ।

५. सामुदायिक भवन र खुल्ला चौरहरुको संरक्षणमा लाग्नुपर्ने देखिन्छ । विभिन्न विपद्को अवस्थामा सबै नागरिकहरु एक भएर लाग्ने नेपालीहरुको परम्परादेखिकै इतिहासभएका कारण पनि चाहे बाढी पहिरोको समय होस् चाहे कोरोना जस्ता महामारी हामी असहजतालाई पनि सहजतामा बदल्न सम्भव भएका छौँ । यस्ता किसीमका विपत्तिहरुलाई सामना गर्दै विदेशबाट फर्किएका हाम्रा युवाहरुलाई रोजगारी र आर्थिक विकाससँग जोड्नुपर्ने देखिन्छ । गरिबी निवारण तथा रोजगारी सिर्जना गर्नका लागि व्यवसायिक कृषिमुलक कार्यक्रमका संचालन गरिने छ ।

६. यस नगरपालिकालाई कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण तथा रोकथाम, व्यवस्थापनका लागि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने र विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सरकारी, निजी तथा गै्ररसरकारी सबै व्यक्ति, संस्था तथा निकायप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु । यस नगरपालिकालाई कार्यक्षेत्र बनाएका गैरसरकारी संस्थाहरुलाई पनि यस्ता किसीमका संक्रमण नियन्त्रण र रोकथामसँग जोडेर आगामी कार्यक्रम संचालनका लागि अनुरोध गर्न चाहन्छु । साथै एकद्धार प्रणालीबाट अघि बढ्नुपर्ने देखिन्छ । बजेट मात्र खर्च गर्ने र उपलब्धि कम हुने तालिम तथा गोष्ठि जस्ता कार्यक्रमलाई सिमित गर्दै अघि बढ्नुपर्छ ।

७. विश्वव्यापी कोरोनाको संक्रमणका कारण २०७६ चैत्र ११ गतेदेखि लामो समयसम्म बन्दाबन्दीको अवस्थाले प्रभावमा परेका अति विपन्न घरपरिवार, वर्ग, समुदायको आर्थिक, सामाजिक उत्थानका लागि गरिबी निवारण सम्बन्धि स्थानीय नीति, ऐन तथा कार्यविधि तर्जुमा गरी यस नगरपालिकामा संचालित गरिबी निवारण सम्बन्धि कार्यक्रमलाई समन्वयात्मक रुपमा प्रभावकारी ढंगले कार्यान्वयन गरिने छ ।

सभा सदस्य ज्यूहरु,
८. लेखपराजुल जस्तो विकट क्षेत्रको विकास, बबई क्षेत्रलाई नक्सांकनमा अझै पनि समेट्नका लागि संघीय सरकारबाट निर्णय नभईसकेको अवस्था, बाख्रापालन, भैसीपालन, फलफूल खेती, बेमौसमी तरकारी खेती, अदुवा तथा बेसार खेतीको पर्याप्त सम्भावना रहेको अवस्था छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि बजेट अभाव, मैनतडामा स्वास्थ्य चौकीको भवन निर्माणमा बजेट अभाव, वडाका सडकहरु ग्राभेल गर्ने कार्यका साथै स्वच्छ खानेपानीको लागि रकम अभाव जस्ता विविध चुनौतीहरु अझै पनि छन् ।

९. दलित जातजातिको बाहुल्यता, लोपोन्मुख राजी जाती र आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका अन्य जातजातिहरु रहेको यस नगरपालिकामा उहाँहरुको आर्थिक तथा सामाजिक विकास, निजी क्षेत्रसँग सहकार्य, किसानहरुलाई विभिन्न राहत प्याकेज तथा खेतीबालीमा लाग्ने फौजीकिरा नियन्त्रण, फट्यांग्रा नियन्त्रणलगायतका धेरै कार्यक्रमहरु संचालन गर्नैपर्ने देखिन्छ । सिमित श्रोत र साधन तथा असिमित इच्छा र आवश्यकताहरुलाई तादम्यता दिदै अघि बढाउनुपर्ने बर्तमान अवस्थामा सम्पूर्ण नगरबासीहरुलाई आफ्नो खेतबारी, काल्ना र खोल्साखोल्सी खाली नराखी खेतीबाली, घाँसपात लगाउन र आम्दानीसँग प्रत्यक्ष रुपमा जोड्नका लागि अनुरोध गर्न चाहन्छु ।

१०. नगरपालिकाको समग्र विकासका लागि भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र योजनाहरुको प्रभावकारी संचालनलाई कडाईका साथ बजेटको कार्यान्वयन गर्नु आजको आवश्यकता हो । मानव जातिको आर्थिक सामाजिक विकासका लागि जनप्रतिनिधी, कर्मचारी, उपभोक्ता र नागरिक सबैको नमूना नगरपालिका निर्माणमा ऐक्यवद्धता हुन जरुरी छ । समाजमा रहेका उत्पिडित बर्ग, अपांगताभएका व्यक्ति, जेष्ठ नागरिक, एकल तथा विधुवा महिला र सीप सिकेर व्यवसाय गर्न चाहेका तथा हातमा सीपभएका नागरिकहरुलाई नगरपालिकाले कुनै न कुनै रुपमा समेटेर अघि बढनुपर्नेछ । आर्थिक विकासका लागि महामारी जस्ता विपत्तिबाट पाठ सिक्दै अब हरेक व्यक्ति, टोल, समुदायलाई सशक्त गराउनुपर्ने बेला भएको छ ।

१०. शैक्षिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकासका क्षेत्रमा गैरसरकारी निकायहरु केन्द्रीत हुनुपर्ने देखिन्छ । गैरसरकारी संस्थाहरुका टुक्रे र तालिम गोष्ठिजस्ता कार्यक्रममा मात्र केन्द्रीत भईरहने हो भने, दाताहरुले दिएको बजेटको पूर्ण सदुपयोग हुने अवस्था आउन अझ कैयन बर्ष कुर्नुपर्ने हुन्छ । म उहाँहरुलाई पनि आर्थिक, भौतिक र सामाजिक विकासका क्षेत्रमा नतिजामुलक कार्यक्रम संचालनका लागि अनुरोध गर्न चाहन्छु ।

११. राष्ट्रिय गौरबको आयोजन भेरी बबई बहुउद्देश्यीय आयोजनाले आयोजना क्षेत्रका स्थानीय बासीका आवश्यकता सम्बोधन र सामाजिक दायित्वलाई पुरा गर्नका लागि सहयोग र सहकार्यको रणनीतिमार्फत अघि बढ्नुपर्ने देखिन्छ ।

१२. कोभिड १९ का कारण विदेशबाट फर्किएर तथा रोजगारीको खोजीमा रहेका युवाहरुको सीपको विवरण रोजगार सूचना केन्द्रमा अध्यावधिक गरी त्यस्ता व्यक्तिहरुलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योगलगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी राजगारी प्रदान गर्न सहजिकरण गरिने छ ।

१३. उपभोक्ता समितिमार्फत संचालन हुने योजनारुमा निर्माण व्यवसायीको संलग्नतालाई कडाईका साथ निषेध गरी श्रममुलक काममा स्थानीय श्रमीकको अभाव हुने भएमा रोजगार सूचना केन्द्रमा सूचीकृत युवाहरुलाई परिचालन गरिने छ ।

१४. उद्यमशिलका माध्यमबाट रोजगारी सिर्जना गर्न, वेरोजगार एवं मध्यम तथा उच्च तहको बजारको आवश्यकताको माग सम्बोधन गर्ने उप प्रमुख स्वरोजगार कार्यक्रमका माध्यमबाट सिप उपलब्ध गराउन कार्यक्रम तर्जुमा गरी युवाहरुलाई स्वरोजगार बनाउन र उद्योगको प्रवद्र्धन गरी लगानीको वातावरण सिर्जना गर्ने गरी कार्यक्रम तर्जुमा गरिने छ । महिलाका लागि अटोरिक्सा तालिम, युवाहरुको लागि पलम्बर तालिम, बाँस तथा निगालाका सामाग्री निर्माण तालिम, हाउस वाइरिंग, सिलाई कटाई, दुना टपरीलगायतका तालिमहरु संचालन गरिनेछ ।

क) आर्थिक विकास

कृषि विकास सँग सम्बन्धित नीति

-नगरपालिकाको प्रमुख आयआर्जनको सम्भावना रहेको कृषि, पशुपालन तथा फलफूलमा देखिएको परम्परागत र निर्वाहमुखि प्रणालीमा परिवर्तन गरि आधुनिकीकरण, विविधिकरण, बजारीकरण र प्रांगारीक खेतीमा जोड दिइनेछ ।

-कृषि मजदुरको अभाव सम्बोधन गर्न कृषि यान्त्रिकरणमा विशेष जोड दिइने छ ।

-नगरस्तरमा संचालित कृषि कार्यक्रमहरुलाई प्रभावकारी एंव नतिजामुखी बनाउन सरकारी एवं गैर सरकारी निकायहरुबीच समन्वय कायमगरिने छ ।

-वातावरण संरक्षण एवं कृषि उपजको स्वच्छताका लागि अर्गानिक उत्पादनलाई विस्तार गरिनेछ ।

-माटो परिक्षणसम्बन्धि आवश्यक व्यवस्था गर्दै माटोको उर्वराशक्ति कायम राख्न भर्मि कम्पोष्ट, भकारो सुधार कार्यक्रम संचालन गरिने छ ।

-उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न समुदायमा आधारित रही व्यवसायिक खेती गर्ने कृषक र समूहलाई सहुलियत प्रदान गर्दै कृषि उत्पादनको बजारीकरणमा विशेष जोड दिइने छ ।

– कृषि पूर्वाधारको आवश्यक व्यवस्था गर्दै लगिने छ ।

– किसानहरुलाई कृषि व्यवसायमा पर्न सक्ने सम्भावित जोखिम कम गर्न कृषि विमा गर्न किसानहरुलाई प्रोत्साहित गरिने छ ।

-कृषि तथ्यांकलाई अध्यावधिक गरिने छ ।

– विपन्न, गरिब तथा श्रोत साधन कमभएका नागरिकहरुको आयआर्जन वृद्धिका लागि मौरीपालन तथा च्याउ खेती प्रवद्र्धन कार्यक्रम संचालन गर्ने नीति लिईनेछ ।

-साविकका लेखपराजुल, रामघाट र मैनतडामा कृषि सेवा केन्द्र स्थापना गरिनेछ ।

-कृषि क्षेत्रको उर्वराशक्ति र बाली उत्पादन क्षमताको आधारमा विशिष्टीकृत कृषि उत्पादन क्षेत्रलाई पकेट क्षेत्र निर्धारण गरी उन्नत र गुणस्तरिय बीउ, विरुवा उत्पादन जस्ता कार्यक्रम संचालन गरिने छ ।

– संचालनमा रहेका १ बर्ष पुराना पकेटलाई ब्लकमा स्तरोन्नती गरिने छ ।

– कृषि पेशालाई गौरबको पेशाको रुपमा विकास गर्न उत्कृष्ट कृषक पुरस्कार जस्ता कार्यक्रम संचालन गरिने छ ।

– नगरमा उत्पादीत कृषि उपजहरुको बजारीकरणका लागि आवश्यक पहल गरिने छ ।

– कोरोना महामारी संक्रमण पश्चात विदेशबाट फिर्ता भएका युवालाई पहिचानका आधारमा केही प्रतिशत अनुदान मार्फत कृषि (च्याउ, मौरी, अदुवा, बेसार, टिमुर, बदाम, तरकारी, फलफुल) व्यवसाय संचालन गर्न प्रोत्साहीत गरिनेछ ।

– चिया तथा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

पशु विकास सम्बन्धि

-साविकको रामघाटमा रहेको पशु सेवा केन्द्र संचालनमा ल्याइने छ । साथै मैनतडा र लेखपराजुलमा पशु सेवा केन्द्र विस्तार गरिनेछ ।

– व्यावसायिक पशुपालन कार्यलाई प्रोत्साहन गर्दै दुध, मासु र अण्डामा आत्मनिर्भर गराईने छ ।

– युवा लक्षित गाई, भैसी, बाख्रा, बङ्गुर, मौरी, माछापालन विकास कार्यक्रममा जोड दिइनेछ ।

– भेरीगंगा नगरपालिकाको वडा नं. १,२,३,५,६,७ लाई बाख्रा पालन पकेट क्षेत्र, ४, १०, ११, १२, १३ लाई दूध पकेट क्षेत्र बनाउनका लागि विशेष कार्यक्रम संचालन गरिने छ ।

छिन्चु बजार, रामघाट बजार, मैनतडा र झिंग्नीमा कृषि तथा पशु हाट बजार संचालनमा ल्याइने छ ।
– छिन्चु बजारस्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा प्रदेश तथा संघीय सरकारसँग साझेदारीमा बहुउद्देश्यीय कृषि भवन निर्माण गरिने छ ।
-दानामा आधारित पशुपालन बाट पशु एवं पशु जन्य उत्पादनमा देखिएको उच्च लागत लाई न्यूनिकरण गर्न घांसमा आधारित बधुवा पशुपालन लाई जोड दिईने छ । वर्षे, हिउँदे तथा बहुवर्षे उन्नत जातका घाँसको विउ तथा बेर्ना वितरण गर्न लागत सहभागितामा आधारित अनुदान दिइने छ ।
– पशुपालनको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्न पशु नश्ल सुधारको नीति अवलम्वन गरीने छ । नश्ल सुधारको लागि कृषक समुह÷समिति÷निजि ब्यवसायिक फर्महरुमा सहकार्यमा उन्नत नश्लको प्रजनन्को रांगा÷सांढे÷बोयर बोका÷बीर प्रतिस्प्रर्धाको आधारमा वितरण गरीने छ । सडक संजालको पहुँचभएको ठाउँमा पूर्ण रुपमा कृत्रिम गर्भाधान कार्य गरिने छ ।
– पशु स्वास्थ्य कार्यक्रम अन्तरगत विरामी पशुको औषधि उपचार, रोग निरोधक खोप, महामारी नियन्त्रण कार्यक्रम नियमित रुपमा संचालन गरिने छ । सेवाको पहुंच बाट टाढा रहेको क्षेत्रमा निःशुल्क पशु स्वास्थ्य शिविरहरु संचालन गरिने छ ।
– पशु वस्तुको रोग निदानका लागि मिनि ल्याव को स्थापना गरीने छ, साथै रोग निदानका लागि पशुवस्तुहरुको नमुना संकलन गरी क्षेत्रीय÷केन्दीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाईने छ ।
– परम्परागत रुपमा रहेका पशुपालक कृषकहरुको लागि गोठ÷भकारा सुधारको कार्यक्रम ल्याईने छ । पशु उत्पादनको बजारीकरणका लागि डेरी पसल सुधार, मिल्क क्यान वितरण, मासु पसल सुधार र दुध संकलन केन्द्र स्थापना जस्ता कार्यक्रम ल्याईने छ ।
– टोल विकास मार्फत दुग्ध उत्पादन गर्ने व्यवसायिक किसानहरुलाई मिल्क क्यान वितरण गरिने छ ।
– कृषकहरुका लागि व्यवसायिक पशु पालन तालिम, उन्नत घांस खेती तालिम, सन्तुलित पशु आहारा बनाउने तालिम र पशु विमा सम्बन्धि तालिमको व्यवस्था गरीने छ ।
– पशु स्वस्थ्य नियमन कार्यक्रम अन्तरगत पशु औषधि पसल, पशुपन्छी फर्म, मासु पसलको तथ्याङ्क संकलन,अनुगमन निरिक्षण गरि प्रतिबेदन तयार गरिने छ ।
– युवाहरुलाई पशुपालन क्षेत्रमा आकर्षण गरि स्वदेशमै स्वरोजगारका अवसरहरुको श्रृजना गरी विशेष पलायन हुन बाट रोक्न युवाहरुको लागि युवा लक्षित पशुपालन कार्यक्रम ल्याईने छ ।
– स्वच्छ, सफा, दुध, मासु र अण्डामा आत्मनिर्भर गराईने छ ।ै
– पारिवारीक पोषण सुधारको लागि ग्रामिण कुखुरा प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

सभाका सदस्यज्यूहरु,

घरेलु तथा साना उद्योग विकास सँग सम्बन्धित
– उद्योग तथा बाणिज्य सम्बन्धिका कार्यहरु (दर्ता, नविकरण, पुँजीवृद्धि तथा कारोबार थप, नामसारी, ठाउँसारी, नामपरिवर्तन, कारोबार परिवर्तन, शाखा थपलगायत) प्रभावकारी रुपमा संचालन गरिने छ ।
– उद्यमशीलता र विभिन्न सीपविकास तालिम मार्फत बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाई एक घर एक उद्यमको निति ल्याईनेछ ।
– औद्योगिक परामर्श तथा सचेतना, उपयुक्त प्रविधि हस्तान्तरण, उत्कृष्ट महिला उद्यमी पुरस्कार, महिला उद्यमीहरुलाई विना धितो ऋण सिफारिस, औद्योगिक मेला प्रदर्शनी, उद्योगी व्यबसायी बिच अन्तत्र्रिmया कार्यक्रम आदीको माध्यमले उद्योगहरुलाई प्रवद्र्धन गरी अनुदानको व्यबस्था गरिनेछ ।
– गरिबी निवारणको लागी लघुउद्यम विकास कार्यक्रम मार्फत गरिबीको रेखामुनी रहेका वर्गहरुलाई विभिन्न सीपविकास तालिम प्रदान गरी स्वरोजगार साथै मेसीनऔजारमा सहयोग र समन्वय गरिनेछ ।
– उद्योगीहरुको प्रवर्दन र बजारीकरणको लागी एउटा कोशेलीघर स्थापना गरिनेछ ।
– औद्योगिक वातावरण निर्माणको लागी केन्द्र सरकार, प्रदेश सरकार र छाता संगठनहरुसंग सहकार्य गरिनेछ ।
– स्थानिय श्रोतसाधनमा आधारित दर्ता गरि संचालनमा आएका र धेरै संख्यामा रोजगारी सिर्जना गर्ने तथा नियमित धेरै कर तिर्ने उद्योग व्यवसायहरुलाई प्रोत्साहन तथा सम्मानको व्यबस्था गरिनेछ ।
– वातावरण प्रदुषणहुने खालका उद्योगहरु स्थापनाको लागी तोकीएको निश्चित मापदण्ड पुरा गरी संचालन गर्ने व्यबस्था गरिनेछ ।
– कोभिड ज्ञढ बाट प्रभावित उद्योग व्यबसायहरुलाई प्रवद्र्धनको लागी आवश्यक कार्य गरिनेछ ।
– उद्योग व्यबसायहरुलाई निरन्तर बजार अनुगमन र नियमनको व्यबस्था गरिनेछ ।
– औद्योगिक ग्राम संचालन गरिने छ ।

पर्यटन
– संघीय सरकारबाट प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन भईसकेको न्यावलीचौर, पानीढल क्षेत्रआसपासको जग्गामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियाको लागि पहल गरिने छ ।
– नगरको पर्यटकीय क्षेत्रको आधारभूत विकासका लागि संघीय सरकार, प्रदेश सरकार र सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढिने छ ।
– नगरमा रहेका पर्यटकीय स्थलहरुको संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार गरिने छ । पर्यटकीय स्थलहरुको आवश्यक पूर्वाधार विकास गर्दै सार्वजनिक सेवाका क्षेत्रहरुमा विस्तार गरिने छ ।

सहकारी
– सहकारी संस्था दर्ता, नविकरण सम्बन्धि कार्यलाई थप प्रभावकारी बनाईने छ ।
– सहकारी संस्थाहरुका कर्मचारीहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गरिनेछ ।
– सहकारी संस्थालाई अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
– विभिन्न सहकारी संस्थाहरुलाई सीप विकास तालिमको साथै अनुदानको व्यवस्था गरिनेछ ।
– सहकारीहरुको कार्य हेरी उत्कृष्ट हुने सहकारी संस्थालाई प्रोत्साहन तथा सम्मानको व्यबस्था गरिनेछ ।
– एकै प्रकृतिका सहकारी संस्थाहरुलाई एकीकरणको व्यबस्था गरिनेछ साथै निश्क्रिय सहकारी संस्थाहरुलाई आवश्यकता अनुसार सक्रिय बनाउन पहल गरिनेछ ।
– सहकारी संस्थाहरुको निरन्तर अनुगमन र निरिक्षणको व्यबस्था गरिनेछ ।
राजस्व
– राजश्व संकलन कार्यलाई प्रविधिमा आधारित बनाईने छ ।
– हाल विद्यमान कर, शुल्क, दस्तुरहरुमा दर तथा दायरा समयानुकुल हुने गरी हेरफेर गरिने छ ।
– नगरपालिकालाई सबैभन्दा बढी तथा नियमित कर तिर्ने करदाताहरुलाई सम्मान गरिने छ ।
– घर बहाल कर र व्यवसाय कर सम्बन्धी कार्यविधि निर्माण गरी असुलउपर गरिने छ ।
– राजस्व सुधार कार्ययोजना तयार गरी लागू गरिने छ ।
– नगरको स्वामित्वमा रहेका भवन, खाली जग्गा, ताल, तलैया पोखरी पार्कलाई करको दायरामा ल्याइने छ ।
– अपांगमैत्री व्यक्तिगत भवन निर्माणको नक्सा पास दस्तुरमा छुट दिईनेछ ।

सभाका सदस्यज्यूहरु, अब म सामाजिक विकास सँग सम्बन्धित नीतिलाई जोड्न चाहन्छु ।

सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद सम्बन्धी नीति
– विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन सम्झौता गरिने छ ।
– नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक विद्यालयहरुलाई पुरस्कृत गरिने छ ।
– विद्यार्थी र शिक्षकका अनुपातमा शिक्षक दरबन्दी मिलान गरिनेछ साथै अत्यन्तै कम विद्यार्थी संख्या भएका विद्यालयहरुलाई मर्ज गरिने कार्यलाई निरन्तरता दिइने छ ।
– सबै प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यालयका कर्मचारीहरु र प्रारम्भिक बाल विकास शिक्षामा अध्यापनरत् सहयोगी कार्यकर्ताहरुको नेतृत्व विकास तथा पेसागत विकास गर्नका लागि आवश्यक पर्ने छोटो अवधिका तालिमहरुको व्यवस्था गरिने छ ।
– शुन्य दरबन्दी तथा शिक्षकको दरबन्दी कम भएका विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा शिक्षा विकास कोष सञ्चालन कार्यविधि, २०७६ बमोजिम स्वयम् सेवक शिक्षक दरबन्दी सृजना गरी शिक्षक व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
– विद्यालयहरुले निर्माण गर्ने विद्यालय सुधार योजनालाई थप कार्यान्वयन योग्य र यथार्थपरक बनाउदै लगिने छ । आ.व. २०७८।०७९ देखि लागू हने गरी भेरीगंगा नगरपालिकाको विस्तृत पाश्र्वचित्रसहितको नगर शिक्षा नीति र योजना निर्माण गरिने छ ।
– निजी विद्यालयहरुलाई नियमन गर्नका लागि निजी विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका वा कार्यविधि ल्याई कार्यान्वयन गरिने छ ।
– सामुदायिक विद्यालयहरुलाई अंग्रेजी माध्यम र स्थानिय मातृभाषाबाट कक्षा संचालन गर्न प्रोत्सहान गरिने छ ।
– प्रत्येक बिद्यालयलाई जंक फुड निषेधित क्षेत्र घोषणा गरिने छ र कक्षा कोठामा मोबाइल फोनको प्रयोगलाई निषेध गर्दे लगिने छ ।
– बिद्यालयलाई पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा गरिने छ र बाल संरक्षण समितिलाई थप सक्रिय बनाउदै लगिने छ ।
– प्रत्येक माध्यमिक विद्यालयमा एक बिद्यालय एक पुस्तकालय, एक विज्ञान प्रयोगशाला, एक आइ सि टी ल्याव व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता साथ कार्यान्वयन गरिने छ ।
– विद्यालयमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नविनतम प्रविधिहरु भित्र्याउन आवश्यक व्यवस्था गर्दे लगिने छ । भर्चुअल कक्षाको विस्तार र प्रभावकारी व्यवस्थापनमा जोड दिइनेछ ।
– विद्यालयमा शिक्षक र विद्यार्थीको नियमितता र टिकाउपनलाई सुदृढ गर्न विशेष जोड दिइने छ ।
– सामुदायिक सिकाइ केन्द्रलाई साक्षरता, सीप विकास र निरन्तर सिकाइमा परिचालन गर्ने नीति लिइने छ ।
– प्रत्येक विद्यालयमा खेलकुदको विकास गर्नका लागि क्षमता विकास तथा अन्य विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।
– नगरभित्रका युवाहरुलाई स्वःरोजगारतर्फ अभिप्रेरित गर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्÷ प्रतिष्ठानहरु÷संस्थाहरुको समन्वयमा छोटा अवधिका सीपमूलक तालिमहरु सञ्चालन गरिने छ ।
– यस नगरपालिकाको वडा नं. ११ मा रहेको पुरानो सेवा केन्द्रको जग्गामा कृषि विज्ञान संकायको स्नातक तह संचालनका लागि म.प. विश्वविद्यालयसँग समन्वय गरी उक्त विश्वविद्यालयको आंगिक क्याम्पस भेरीगंगा नगरपालिकाको स्वामित्वमा रहने गरी स्थापना गर्न आवश्यक पहल गरिने छ ।
– विद्यालयहरुको आवश्यकतालाई मध्यनजर गर्दे स्थानीय पाठ्यक्रम निर्माण गरी उक्त पाठ्यक्रमलाई सबै विद्यालयहरुमा कार्यान्वयनमा ल्याइने छ ।
– सम्पूर्ण माध्यमिक विद्यालयहरुमा रेडक्रस, स्काउट आदिसंग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने छन् ।
– विद्यालयहरुको समग्र गतिविधिहरुको सघन, नतिजामूलक तथा सहभागीतामूलक अनुगमन तथा मूल्यांकन गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
– सबै विद्यालयहरुमा विद्यालय सुशासनको अवस्था मजबुद र सदृढ गराउदै लगिने छ ।
– विद्यालयमा बृहत् विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ लगिने छ ।
– दलित, अनाथ तथा अपांग बालबालिकाहरुलाई दोहोरो नपर्ने गरि छात्रवृत्ति प्रदान गर्ने नीति लिइने छ ।
– बालबालीकाहरुको प्रतिभा पहिचानका लागि विभिन्न क्षेत्रमा नगरस्तरीय प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिनेछ ।
– संघीय तथा प्रदेश सरकार संगको समन्वयमा सम्पुर्ण विद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुलाई आवश्यक पर्ने स्यानीटरी प्याडको निशुल्क व्यवस्थापन गर्ने कार्यलाई जोड दिइनेछ ।
– कोभीड १९ को कारण सिर्जित विषम परिस्थितिमा विद्यालय शिक्षाका गतिविधीहरुलाई नियमितता प्रदान गर्न सिकाइ सहजिकरणका विभिन्न वैकल्पीक उपायहरु अवलम्बन गरिनेछ ।
– विद्यालयमा कार्यरत प्रारम्भिक वालविकास का सहयोगी कार्यकर्ता, कर्मचारी र प्रधानाध्यपकको कार्यसम्पादनलाइ उत्कृष्ट बनाउन प्रोत्साहनका कार्यक्रम संचालन गरिनेछ ।

स्वास्थ्य सम्बन्धी
– प्रत्येक स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था गरिने छ ।
– प्रत्येक स्वास्थ्य चौकीहरुमा जन्म प्रणाली अनलाइन (इलष्लिभ दष्चतज चभनष्कतभच कथकतझ) गरिने छ ।
– यस नगरपालिकाको वडा नं. १२ मा २५ शैयाको अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा खरिदको प्रक्रिया अघि बढाईने छ ।
– जन्म तथा मृत्युको तथ्यांकलाई अध्यावधिक गरिने छ ।
– महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आवश्यक प्रोत्साहन गरिने छ ।
– नेपाली सेनासँगको सहकार्यमा छिन्चु बजारमा सर्प दंश केन्द्र स्थापना गरिने छ ।
– रेडक्रस छिन्चुसँग समन्वय गरी प्राथमिक आँखा उपचार केन्द्र स्थापना तथा संचालन गर्न पहल गरिने छ ।
– महिलाहरुका लागी प्रजनन् स्वास्थ्य (पाठेघर खस्ने, पाठेघरको क्यान्सर, फिस्टुला) स्क्रीनिङ्ग तथा उपचारका लागी आवश्यक शिविर संचालन गरिने छ ।
– कार्यालय समयभित्र नगरपालिका मातहतका स्वास्थ्य कर्मीलाई निजी क्लिनिक तथा निजी अस्पतालमा काम गर्न निषेध गरिने छ ।
– समुदाय स्तरमा स्वास्थ्य शिविर तथा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नीजि तथा गैह्रसरकारी संस्थाहरुसंग सहकार्य गरिने छ ।
– बैदेशिक रोजगारमा जाने ब्यक्ति तथा परिवारलाई एच.आई.भी.÷एड्सको जोखिमबाट बचाउन सचेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
– स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गरिने औषधीहरुको विवरणलाई प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक नागरिकले हेर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइने छ ।
– नगरक्षेत्रमा संचालनभएका निजी स्वास्थ्य संस्थालाई प्रभावकारी नियमन गरिने छ ।
– परिवार नियोजन सम्बन्धि घुम्ती शिवीरको ब्यबस्थापन गरिने छ ।
– महामारी नियन्त्रणका लागि आवश्यक रणनीति तय गरिने छ ।
– जेष्ठ नागरिक मोबाईल सेवा घुम्ती शीवीर सञ्चालन गरिनेछ ।
– कोभिड १९ बाट सम्भावित संक्रमीतको लागि केस इन्भेस्टीगेसन÷कन्ट्रयाक्ट ट्रेसीङ्ग यथाशिघ्र गरिनेछ ।
– आधारभुत स्वास्थ्य सेवा केन्द्रको लागि आवश्यक जनशक्तीको व्यवस्थापन गरिनेछ ।
– कोभिड १९ रोग सँग सम्बन्धीत औषधी तथा अन्य सामग्रीको यथेष्ट मात्रामा व्यवस्थापन गरिनेछ ।
– उत्कृष्ट महिला स्वास्थ्य स्वंयम सेविका छनौट गरि पुरस्कारको व्यवस्थापन गरिनेछ ।
– जनसंख्याको अनुपातमा महिला स्वास्थ्य स्वंयम सेविका थप गरिनेछ ।
– प्रसुती केन्द्रमा पोषण व्यवस्थापनको लागि सुत्केरी स्याहार केन्द्रको स्थापना गरिनेछ ।
– बाह्य खोप केन्द्र नभएको वडामा क्रमश खोप केन्द्र भवन स्थापना गरिनेछ ।
– मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको लागि आवश्यक व्यवस्था गरिनेछ ।

आर्युवेद तथा बैकल्पीक र प्राकृतिक चिकित्सा सम्बन्धी
 नेपालको मौलिक चिकित्साको रुपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतीलाई थप व्यवस्थित गर्दै भेरीगंगा न.पा.का सम्पुर्ण जनताको पहुँचमा हुने गरी विस्तार गरिनेछ ।
 भेरीगंगा न.पा. वडा नं. ०९ जहरेमा अवस्थित मैनतडा आयुर्वेद औषधालय लाई स्तरोन्नती गर्न आवश्यक पहल गरिनेछ ।
 मैनतडा आयुर्वेद औषधालयको लागी आफ्नो जग्गा तथा भवन वनाउन र पञ्चकर्म शाखाको स्थापना गर्न आवश्यक पहल गरिनेछ ।
 भेरीगंगा न.पा.का १,२,३,४,५,१०,११,१२ र १३ नं. वडामा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गर्न पहल गरीने छ ।
 आयुर्वेद स्वास्थ्य सेवाको पहँुचभन्दा टाढा रहेका वडाहरुमा गाऊँघर÷शहरी ल्किनिक, निःशुल्क स्वास्थ्य शिविर आदिको माध्यमवाट सेवा प्रवाह गरीनेछ ।
 एक घर ५ जडिबुटी ५ योग कार्यक्रम मार्फत भेरीगंगा न.पा.का सम्पुर्ण घरमा ५ वटा जडिबुटी र ५ वटा योग अनिवार्य गराई सम्पुर्ण जनतालाई स्वस्थ जिवन जिउँने वातावरण निर्माण गरिनेछ ।
 स्थानीय जनताहरुलाई जडिबुटी परिचयात्मक कार्यक्रम मार्फत भेरीगंगा नगरपालिकाका सम्पुर्ण जनताहरुलाई जडिबुटी सम्बन्धी जानकारी गराइने छ ।
 भेरीगंगा नगरपालिकाको केन्द्रमा एक नमुना जडिबुटी उद्यान वनाउन पहल गरीनेछ ।
 जेष्ठ नागरीकहरुको लागी स्वास्थ्यवर्धक औषधीवितरण लाई निरन्तरता दिइनेछ ।
 योग हल व्यवस्थापन गरी नागरीक आरोग्य÷स्वस्थ जिवन कार्यक्रम सञ्चालन गरी भेरीगंगा वासीहरुलाई स्वस्थ राख्न पहल गरीनेछ ।
 अगुवा कृषकहरुलाई जडिबुटी खेती सम्बन्धी तालिम सञ्चालन गरी जडिबुटी खेतीलाई प्रबद्र्धन गरी आय आर्जनमा विकास गरीनेछ ।
 आयुर्वेद सेवालाई स्वास्थ्यका विभिन्न तालिम, निति तथा कार्यक्रममा सहभागी गराई एकिकृत रुपमा सञ्चालनको अभ्यास गरिनेछ ।
 भेरीगंगा न.पा. भित्र रहेका जडिबुटीहरुको अध्ययन अनुसन्धान गरी स्पष्ट पहिचान,लगत संकलन तथा प्रशोधनको लागी आवश्यक प्रस्तावना तयार गरिनेछ ।
सभाका सदस्यज्यूहरु,

खानेपानी तथा सरसफाई
– खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारित खानेपानी आयोजनाहरु निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययनका लागि काम अघि बढाईने छ ।
– खानेपानीको पर्याप्त श्रोत नभएका बस्तीहरुका लागि आकाशे पानी संकलनलगायतका बैकल्पीक विधिहरुको प्रयोग गरी खानेपानी संकलन गरिने छ ।
– सार्वजनिक क्षेत्रहरुमा सार्वजनिक शौचालयको स्थापना गर्दै अघि बढीने छ ।
– खानेपानीका लागि लगानी वृद्धिका लागि अन्र्तराष्टिय संघ सस्था, दातृ निकाय, संघीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य गरिने छ ।
– व्यक्तिगत, घरायसी र सामुदायिक सरसफाई अघिवृद्धि गर्न सचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।
– खानेपानी आयोजनाहरुलाई निरन्तरता दिइने छ । साथै ढल निकासको लागि आवश्यक व्यवस्था गरिने छ ।
– नगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइड निर्माणका लागि सम्भाव्यता अध्ययन गरि आवश्यक प्रक्रिया अघि बढाइने छ ।
संस्कृती सम्बन्धी
– यस नगरपालिकाको साविक मैनतडामा दलित संग्रहालय स्थापना गरिने छ ।
– स्थानीय भाषा, कला तथा संस्कृति एवं परम्पराहरुको सम्मान, संरक्षण, प्रवद्र्धन एवं विकास गर्ने नीति लिइनेछ ।
– राजी संस्कृति संग्रहालय स्थापना गरिने छ ।
– जातीय छुवाछुतमुक्त मुक्त घोषणा कार्यक्रमलाई प्राथमिकता दिइने छ ।
– अन्र्तजातिय विवाह गर्ने जोडीलाई सम्मान गरिने छ ।
लैङ्गिग समानता तथा सामाजिक समावेशीकरणसँग सम्बन्धित
– सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको अभिलेख ःक्ष्क् क्थ्क्त्भ्ः मा आवद्ध गरिएको छ । यसलाई निरन्तर अद्यावधिक गरी भत्ता वितरण प्रक्रियालाई बैंकमार्फत व्यवस्थित गर्र्दै अघि बढिने छ ।
– व्यक्तिगत घटना दर्ता प्रणालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नीति अनुरुप आगामी आ.व. को श्रावण महिनाबाट पूर्ण रुपमा अनलाइन प्रणालीबाट संचालन गर्न आवश्यक प्रक्रिया थालिनेछ ।
– नगरपालिकालाई आगामी आ.व. ०७७।०७८ मा बालमैत्री नगरपालिका बनाउन आवश्यक कार्यक्रम संचालन गरिने छ ।
– लैससासलाई प्रवद्र्धन गरिने छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि विकास
– नगरभित्रका विपन्न महिलाहरुलाई समूह समिति, तथा निगरानी समूह मार्फत सशक्त र जागरुक बनाइने छ । नगरभित्रका महिला, दलित, आदिवासी जनजाती, फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई सिपमूलक तथा सशक्तिकरण कार्यक्रम संचालन गरिने छ ।
– लैंगिक हिंसा, घरेलु हिंसा न्यूनिकरण गर्न कार्यक्रम संचालन गरिने छ । साथै ंिहसा पिडितका लागि सुरक्षित आवासको व्यवस्था गरिने छ ।
– किशोर किशोरीहरुका लागि बालसंरक्षण, यौन शिक्षा, बालविबाह न्यूनिकरण, लैंगिक तथा यौनिक हिंसा, लागूऔषध दुब्र्यसनी विरुद्धका कार्यक्रम संचालन गरिने छ ।
– बाल विवाह भएका बालबालिका, द्धन्द्ध पिडित बालबालिका, बालश्रमिक, बेचबिखनमा परेका व्यक्तिहरु र अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन कार्य गरिने छ ।
– अति अशक्त अपांगता भएका महिला, बालबालिका र जेष्ठ नागरिकहरुको लागि परिचय पत्र वितरण प्रभावकारी बनाईने छ ।
– ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गरिने छ ।

सभाका सदस्यज्यूहरु,
३) पूर्वाधार विकास
– नगरपालिकाको भवन तथा वडा कार्यालयहरुको भवन निर्माण गर्न प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिने छ ।
– शहरी क्षेत्रमा रहेका विद्युत लाइन तथा टेलिकमका पोलहरु स्थानान्तरण गर्ने नीति लिइने छ ।
– भेरीगंगा नगरमा चक्रपथ निर्माण कार्यलाइ अगाडी वढाउन सरोकारवाला निकायसँग आवश्यक समन्वयगरी कार्यान्वयन गरीनेछ ।
– नगरभित्र निर्माण गरीने भौतिक पुर्वाधारहरु ज्येष्ठ नागरीक मैत्री, फरक क्षमताभएका व्यक्तिमैत्री, वातावरण मैत्री र लैगिंकमैत्री बनाउन आवश्यक पहल गरीनेछ ।
– नगरपालिका क्षेत्रभित्र निर्माण गरिने पूर्वाधारका कार्यक्रमहरु वातावरणमैत्री तथा दिगो विकासमा आधारित गरिने छ ।
– लगत सहभागितामा संचालन हुने योजनाहरुलाई प्राथमिकता दिइने छ ।
– जल उपभोक्ता नीति तथा गुरुयोजना निर्माण गरिने छ ।
– डीप बोरिङ्ग तथा लिफ्ट सिचाई र ड्याम पोखरी निर्माण गर्दै अघि बढाईने छ ।
– भेरीगंगा नगरपालिकाको यातायात सेवालाई सर्वसुलभ र सवैको पहुच योग्य वनाउनसडक संजाल निर्माणको कार्य अगाडी बढाईनेछ । कृषि सडक, ग्रामिण सडक मार्गलाई निर्माण गर्न पहल गरिने छ साथै उक्त मार्गमा पर्ने खोलाहरुमा पुल तथा कल्भर्ट निर्माणका लागि प्राथमिकता दिइने छ ।
– बस्ती बिकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ अनुसार घर नक्सापास सम्वन्धि मापदण्डलाई निरन्तरता दिइने छ । पहाडी धरातल भएका भागहरुमा सडकको ट्याक खोल्दा कम्तीमा ६ मिटर बनाईने छ ।
– न.पा.क्षेत्रभित्रका सार्वजनिक सरकारी जग्गाहरुको संरक्षण तथा सम्वद्र्धन गर्दै सार्वजनिक नीजि साझेदारी अवधारणामा पसल, कवल, पार्क निर्माण गर्न नीजि क्षेत्रलाई साझेदारीमा कार्य गर्न प्रोत्साहित गरिनेछ ।
– नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाहरुको संरक्षणका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ । अतिक्रमण भएका सम्पूर्ण सरकारी ऐलानी जग्गामा बसोबास गरेका व्यक्ति तथा संस्थाहरुलाई हटाईने छ ।
– छिन्चु घारीवन मालारानी काल्चे सडकलाई शहीद गणेश शाही मार्ग नामाकरण गरिने छ ।
– नगरपालिका क्षेत्रमा भेरीको पानी पिउनुपर्ने बाध्यतालाई निरुत्साहित गर्नका लागि पानीको उपयुक्त श्रोत व्यवस्थापन गरी स्वच्छ पानी उपलब्ध गराउने नितिलाई प्राथमिकता दिइने छ ।

भवन आचारसंहिता तथा भवन मापदण्ड
– रत्न राजमार्ग क्षेत्रमा घर निर्माणका लागि नक्सापास गर्दा सडकको बीच भागबाट २५÷२५ मिटर दायाँ बायाँ र ६ मिटर सेटव्याकका साथै छिन्चु–जाजरकोट सडकमा बीचभागबाट १५÷१५ मिटर र ६ मिटर सेट व्याक छाड्ने गरी नयाँ घरका लागि इजाजत प्रदान गरिने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
– नगरपालिकाको भवन निर्माण मापदण्ड २०७२ बमोजिमका तोकिएका मापदण्डहरुलाई समयानुकुल संघीय तथा प्रदेश कानून बमोजिम परिमार्जन गर्दै लागू गरिने छ ।
– नगरको सबै वडाको घर र बाटोहरुको जीआईएस प्रबिधिद्धारा नक्साङ्कन गरि क्रमश ः प्रयोगमा ल्याइने नीति अबलम्बन गरिने छ ।
– घर नक्सापासको स्वीकृती माग गर्दा छतको पानी जमीनमै फर्काउने निश्चितता तथा दुई विरुवा रोप्ने शर्तमा मात्र नक्सापासको स्वीकृति दिईने छ ।
झोलुंगे पुल
– नगरबासीको दैनिक आवतजावत कार्यलाई सहज बनाउन झोलुंगे पुल निर्माण तथा मर्मत गर्ने कार्यलाई निरन्तरता दिइने छ । उक्त कार्यका लागि नगरपालिकाले प्रदेश सरकार, संघीय सरकारसँग आवश्यक पहल तथा साझेदारी गर्नेछ ।
सिचाई
– समूह तथा सहकारीमा आधारित साना सिचाई निर्माण तथा मर्मत सम्भार तथा प्लाष्टिक पोखरी सोलार तथा लिफ्ट ईरिगेशनमार्फत सिचाई क्षेत्रको विस्तार गरिने छ ।
– सिचाई प्रणालीलाई उत्पादनसँग आवद्ध गरिने छ ।
– यस क्षेत्रमा संचालित भेरी बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनासँग सहकार्य गरी सिचाईका कार्यक्रहरु संचालन गरिने छ ।

शहरी विकास
– नगरको विस्तृत अध्ययन गरी २५ बर्षे दीर्घकालिन गुरु योजना निर्माण गरिने छ ।भू उपयोग नीति, निर्माण गरिन्छ ।
– बस्ती विकास (ीबलम उययष्लिन) को सम्भाव्यता अध्ययन गरिने छ ।
– बस टेक अप स्टान्डको निर्माण कार्यलाई निरन्तरता दिइने छ ।
– नगरपालिका क्षेत्रभरका सडकहरुको गुरुयोजना निर्माण गरिने छ ।
– नगरपालिकाको बस्ती विकास मापदण्ड तयार गरिने छ ।
– रत्न राजमार्ग तथा छिन्चु जाजरकोट राजमार्गका साथै नगरका अन्य सडक अतिक्रमण गरी बनाईएका सम्पूर्ण अस्थायी तथा स्थायी संरचना हटाई सफा र सुन्दर भेरीगंगाको नीतिलाई अबलम्बन गरिने छ ।
– नगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गरिने छ ।
– नगरको कुनै उपयुक्त क्षेत्रमा शहीद पार्क स्थापनाका लागि आवश्यक पहल गरिने छ ।
उर्जा
– संघीय सरकार, प्रदेश सरकार तथा नागरिकसँगको सहकार्यमा सामुदायिक विद्युतीकरण कार्यलाई जोड दिइने छ ।
– महत्तम मात्रामा विद्युत खपत गर्न सम्भाव्यता अध्ययन तथा चेतनामुलक कार्यक्रम संचालन गरिने छ ।
– उज्यालो शहर कार्यक्रम लागू गरिने छ ।

बैकल्पीक उर्जा
– बायोग्यास र सौर्य उर्जा कार्यक्रमहरुमा जोड दिइने छ ।
– बैकल्पीक उर्जा कार्यक्रम नागरिकसँगको लागत सहभागितामा संचालन गरिने छ ।
– लागत सहभागिता हुने गरी प्रतिवद्धता आएमा विगत बर्षको अनुभवको आधारमा नगरका अन्य स्थानमा समेत बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको समन्वय र सहयोगमा सौर्य सडक बत्ति जडान कार्यलाई निरन्तरता दिइने छ ।
संचार
– पत्रकारिता क्षेत्रको विकासका लागि नेपाल पत्रकार महासंघ सुर्खेतसँग सहकार्य गरि पत्रकारिता अक्षयकोषको स्थापना तथा निरन्तरता गरिने छ ।
– सूचना प्रविधिबाट सबैले लाभ लिन सहजताका लागि छापा र विद्युतिय माध्यमलाई बढीभन्दा बढी प्रयोगमा ल्याउनुका साथै आधुनिक प्रविधिलाई मध्यनजर गर्दै डिजिटल न्यूज मिडियालाई समेत व्यवस्थित र समेट्दै लगिने छ ।
– संचार सुविधा नपुगेका क्षेत्रहरुमा टावर निर्माणका लागि सम्बन्धित निकायमा अनुरोध गरिने छ ।
– स्थानीयस्तरमा संचारमाध्यमको प्रवद्र्धनका लागि आवश्यक कार्य गरिनेछ ।
– नगरपालिकाका गतिविधि प्रचारप्रसारका लागि आवश्यक समन्वयात्मक कार्यक्रम संचालन गरिनेछ ।
– नगरपालिकाको गतिविधीलाई रेडियो मार्फत कार्यक्रम संचालन गरिने छ साथै नगरले गरेका उत्कृष्ट कार्यहरुलाई समृद्ध भेरीगंगा नामक पुस्तक प्रकाशन कार्यलाई अघि बढाईने छ ।

सभाका सदस्यज्यूहरु,
वातावरण तथा विपद् व्यवस्थापन
वातावरण तथा सरसफाईसँग सम्बन्धित
– फोहोरमैला व्यवस्थापनका लागि स्थायी समाधान खोजी गर्न सम्भाव्यता अध्ययन गरिने छ ।
– भेरीगंगा नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने, एक घर ः दुई विरुवा, एक वडा ः एक बालउद्यान बनाउने नीतिलाई निरन्तरता दिइने छ ।
– नगरपालिका क्षेत्रभित्रका सडकहरुमा ग्रिन बेल्टको अवधारणअनुरुप वृक्षारोपणलाई प्राथमिकतामा राखिने छ ।
– वडाको सरसफाईका लागि प्रत्येक वडा समितिको अगुवाईमा आफ्नो वडा आफै सफा गर्ने नीतिलाई अबलम्बन गरिने छ । नगरका ठूला बजार क्षेत्रहरुमा अभियानात्मक रुपमा सरसफाई कार्यक्रमहरु संचालन गरिने छ ।
– नगरपालिकाको फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी तुल्याउन फोहोरलाई क्भनचबनबतष्यल गरी शुन्य फोहोर (घच् स् च्भमगअभ, च्भगकभ, च्भअथअभि) को अवधारणालाई मुर्तरुप दिन विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने छ । सार्वजनिक नीजि साझेदारी (एएए) नीति अवलम्बन गरी नीजि तथा गैरसरकारी क्षेत्रबाट फोहोर व्यवस्थापनको वडागत जिम्मेवारी दिइने नीतिलाई प्रभावकारी रुपले कार्यान्वयन गरिने छ ।
– नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि नविकरणीय उर्जा विस्तार कार्यक्रम संचालनका लागि बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रसँग साझेदारी गरी कार्यक्रम संचालन गरिने छ ।
– सार्वजनिक नीति साझेदारीमा नगरका उपयुक्त स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिने छ ।
– नगरमा एइक्त् इम्ँ का कार्यक्रमलाई वातावरणमैत्री स्थानीय शासनसंग जोडेर विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाको सहयोग र समन्वयमा पूर्ण सरसफाई कार्यक्रम अगाडी बढाइने छ ।
– फोहर व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता वृद्धि गर्न सःशुल्क बजार सफाई कार्यक्रम निरन्तरता दिंदै बजार क्षेत्र बाहेकका अन्य शहरी क्षेत्रमा समेत यसै शैलीमा फोहर व्यवस्थापनको प्रकृया अगाडी बढाइनेछ ।
– नगरबासीहरुलाई नगर सफाई अभियानमा स्वत ः स्फूर्त सहभागि बनाई क्लीन भेरीगंगा, ग्रिन भेरीगंगा बनाउनका लागि सम्बन्धित संघ–संस्थाहरुसँग सहकार्य गरी उत्साहजनक अभियान संचालन गरिने छ ।
– स्थानीय टोलबासीहरुलाई नै फोहोरको व्यवस्थापक बनाउने प्रयास स्वरुप सफा टोल अभियान संचालन गरिने छ ।
– ल्याण्डफिल साईट,लगायतका पूर्वाधार निर्माणको लागि आवश्यक पर्ने अध्ययन तथा अनुसन्धानका कार्यलाई अगाडि वढाइने छ ।

विपद् व्यवस्थापन
-विपद् व्यवस्थापन प्रतिकार्य योजना निर्माण गरी सो बमोजिम कार्यक्रमहरुलाई बार्षिक रुपमा कार्यान्वयन गर्दै लगिने छ ।
– स्थानीय स्तरसम्म विपद् व्यवस्थापनलाई संस्थागत गर्न संरचनाहरुको गठन तथा क्रियाशिल गर्दै लगिने छ ।
– विभिन्न क्षेत्रमा रहेको सर्वजनिक स्थान तथा चवरहरुको संरक्षण गरी पर्याप्त खुल्ला स्थानको रुपमा विकास गर्दै लगिने छ ।
– नगरभित्रको विपद् व्यवस्थापनका लागि विपद् पाश्वचित्र तयार गरी सोही बमोजिम कार्यान्वयन गरिने छ ।
– नगरमा रहेको आपतकालिन कार्य संचालन केन्द्रमा आवश्यक सामाग्रीहरु व्यवस्थापन गरिने छ ।
– नगरमा विपद् व्यवस्थापनका लागि बीउ बैंक स्थापना गरिने छ ।
– नगर भित्रका सम्पूर्ण पूर्वाधार विकासका आयोजनाको १ प्रतिशत रकम वातावरण संरक्षण कोषमा योगदान पुग्ने कार्य अनिवार्य गराउने गरी आयोजनाको डिजाइन स्टमेट गर्ने नीति अबलम्बन गरिने छ ।
– दैविक प्रकोपमा अति जोखिममा परेका नागरिकलाई आवश्यक सहयोग गरिने छ ।
भू तथा जलाधार संरक्षण
– तल्लो तटीय क्षेत्रमा खोलानालाले गर्ने क्षति न्यूनिकरण गर्न माथिल्लो तटीय क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिने छ ।
– नगरका सम्पुर्ण खोला नालाहरुमा बाढि व्यवस्थापन र तटबन्धन गर्नका लागी सरोकारवाला निकाय संग समन्वय गर्दै गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
– चुरे क्षेत्रको संरक्षणका लागि संघीय सरकार र प्रदेश सरकार तथा परियोजनाहरुसँग सहकार्य गरी अघि बढीने छ ।
– भिरालो जग्गामा फलफूल तथा घाँसखेती गर्न प्रोत्साहित गर्ने कार्यक्रम संचालन गरिने छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण
– तटबन्धन कार्यक्रम, वृक्षारोपण कार्यक्रम, बायोइन्जिनियररिङ्ग जस्ता कार्यक्रमलाई प्राथमिकता दिइने छ ।

सभाका सदस्यज्यूहरु,
५. संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन
संस्थागत क्षमता विकास र सुशासन
– नगरपालिकाका कर्मचारी तथा जनप्रतिधिहरुको क्षमता विकास सम्बन्धि आवश्यक कार्य गरिने छ ।
– स्थानीय विकास गतिविधि नामक रेडियो विकास कार्यक्रम मार्फत नगरपालिकाका विकास गतिविधीहरु सार्वजनिक गरिने छ । साथै नगरपालिकाका उत्कृष्ट कार्यहरुको संगालोको रुपमा सम्वृद्ध भेरीगंगा नामक पुस्तक प्रकाशन कार्यलाई अघि बढाइने छ ।
– करदाता तथा सेवाग्राहीहरुलाई स¬¬ सम्मान सहज रुपमा कर एवं राजस्व वुझ्ने वुझाउने र सेवा लिने वातावरण तयार पार्न चेतनामुलक कार्यक्रम संचालन गरी व्यवस्थित गरिनेछ ।
– प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गरिने छ ।
– हेल्पडेस्क, गुनासो सुनुवाई केन्द्रलाई प्रभावकारी रुपमा संचालन गरिने छ ।
– प्रत्येक वडा कार्यालयमा डिजिटल नागरिक वडा पत्र ९ऋष्तष्शभल ऋजबचतभच) र सुझाव पेटीका राख्दै नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।
– सेवा प्रवाहको अनुगमन तथा मूल्यांकन गर्दै सेवाग्राहीको सुझावको आधारमा सुधारको पाटो अबलम्बन गरिने छ ।
– नगरमा रहेका टोल विकास संस्थाहरुको विकास तथा परिचालनलाई निरन्तरता दिइने छ ।
– नगरपालिकाबाट संचालित योजना तथा कार्यक्रमको चौमासिक समिक्षा गर्ने प्रणालीको विकास गरिनेछ ।
– नगर कार्यपालिकाले कर्मचारीहरुलाई आफनो स्रोत हेरी मापदण्ड तयार पारी आवश्यक स्थानीय प्रोत्साहन भत्ताको व्यवस्था गरीनेछ ।
– नगरपालिकाको बजेट तर्जुमा तथा लेखांकन सफ्टवेयर स्थानीय संचीत कोष व्यवस्थापन प्रणाली ९क्गद लबतष्यलब ित्चभकगचथ च्भनगबितयचथ ब्उउष्अिबतष्यल क्ग्त्च्ब्० कार्यान्वयन, नगरपालिकाका लागि बजेट खर्च र प्रतिवेदनको कम्प्युटरकृत लेखांकन सफ्टवेयर तयार गरिने छ ।
– नगरपालिका क्षेत्रको व्यवस्थापनका लागि नगर प्रहरीको व्यवस्था गरिने छ ।
– निम्न बर्गका खरको छानो रहेका घरहरुलाई ककर्ट पाता लगाउने नीति लिइने छ र उक्त कार्यमा अनुदान दिइने छ ।
– पेश्की वेरुजु असुली तथा फच्र्यौटका लागि कार्ययोजना तयार गरी सोही बमोजिम कार्यदल गठन गरी तदनुसार कार्यान्वयन गरिने छ ।
– आयोजना सूचना पार्टी, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाईमार्फत पारदर्शिता तथा सुशासन कायम गरिने छ ।
– कार्यालयको अभिलेख पद्धतीलाई व्यवस्थित, छरितो र सुरक्षित बनाउनका लागि आवश्यक कागजातहरुलाई धुल्याउने र महत्वपूर्ण अभिलेखलाई डिजिटलाईजेशन गरिने छ ।
– कार्यालयमा भ्–न्यखभचलबलअभ प्रणालीको विकास गर्न आवश्यक पूर्वाधारको विकास गरिने छ ।
– सडक दूर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा प्रदेश तथा छिन्चु ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी आवश्यक कार्यक्रमहरु संचालन गरिने छ ।
– प्रदेश सरकारसँग समन्वय गरी आइसीटि पार्क स्थापना गर्न पहल गरिने छ ।
– आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाईनेछ ।

सार्वजनिक सम्पत्ति संरक्षण
– भेरीगंगा नगरपालिकाभित्र यत्रतत्र छरिएर रहेका सार्वजनिक ऐलानी प्रति जग्गा, पोखरी, ताल तलैया, पार्टी पौवा, आदीको लगत संकलन गरी संरक्षण सम्बद्र्धन गरी उचित प्रयोगमा ल्याइने छ ।
– विभिन्न व्यक्तिहरुद्धारा सार्वजनिक बाटो, पोखरी, जग्गा अतिक्रमण गर्ने प्रवृत्तीलाई निरुत्साहित गरी कानूनको दायराभित्र ल्याइने छ ।
गैसस तथा अन्र्तराष्ट्रिय सम्बन्ध
– गैससको कार्यक्रमलाई दोहोरोपन हुन नदिन तथा मनपरि ढंगले संचालन हुने प्रवृत्तिमा रोक लगाउन ल्न्इ म्भकप वा सामाजिक विकास शाखामार्फत कार्ययोजना बनाई लागू गरिनेछ ।
– राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नमूना शहर रहेका नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरी सहयोगको आदान प्रदान गरिने छ ।
– गैससको कार्यक्रम नगरको बार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गरेपश्चातमात्र कार्यान्वयन गर्ने प्रक्रियालाई निरन्तरता दिइने छ ।

योजना कार्यान्वयन, अनुगमन र मूल्यांकन
– योजनाको गुणस्तर तथा परिमाण, समय र लागतमा विशेष जोड दिइनेछ ।
– ठुला योजनाहरुलाई अनिवार्य रुपमा विद्युतीय टेण्डर प्रक्रियाद्धारा खुल्ला प्रतिष्पर्धात्मक विधिद्धारा मात्र संचालन गरिने छ ।
– योजना कार्यान्वयनपछि सार्वजनिक परिक्षण र जाँचपास तथा फरफारकभएपछि मात्र भुक्तानी दिइने नीतिलाई कडाईका साथ लागू गरिनेछ ।
– योजना कार्यान्वयनमा पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्न अनुगमन कार्यमा तेश्रो पक्षको सहभागिता गराउनुका साथै यस सम्बन्धि योजनाको सूचना नियमित रुपमा प्रकाशन तथा प्रशारण गरिनेछ ।
– योजना कार्यान्वयन हुनुअघि र कार्यान्वयन हुँदै गर्दा र सम्पन्न भए पश्चातको स्पष्ट तस्बीर प्रत्येक योजनाको फाइलमा अनिवार्य रुपमा राख्ने व्यवस्था गरिने छ ।
न्यायिक प्रक्रिया र न्याय निरुपण
– न्यायिक अधिकारको सन्तुलित प्रयोगका साथै मेलमिलापको सिद्धान्तमा जोड दिइनेछ ।
– न्यायीक समितिका पदाधिकारी तथा मेलमिलाप सहजकर्ताहरुको क्षमता बिकास गरिनेछ ।
– मेलमिलापकर्ताहरुलाई नगरपालिकामा सूचीकृत गरिने छ ।
– न्यायिक समितिको क्षेत्राधिकारभित्रका कार्यहरु थप व्यवस्थित गर्दै संस्थागत इजलास संरचनाको व्यवस्थापन गरिने छ ।
– समुदायस्तरमा न्यायिक कानून सम्बन्धि जनचेतनामुलक तालिम संचालन गरिने छ ।
– न्यायिक कार्यका लागि कानूनी परामर्शदाताको आवश्यक सहयोगमा न्यायिक कार्यलाई प्रभावकारी बनाईने छ ।

नगरसभा सदस्य ज्यूहरु
अन्तमा यस नगरपालिकाको विकासको निम्ती कोशेढुंगा सावित हुने गरी यस सातौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा रचनात्मक राय, सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा लिएको छु । साथै यस नीति तथा कार्यक्रम बमोजिम आगामी आ.व.को आय व्ययको विवरण समावेश गरेको बजेट पेश भएको व्यहोरा सभामा अनुरोध गर्न चाहन्छु ।

यो नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा संलग्न भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य ज्यूहरु, कर्मचारी र अन्य महानुभावहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । प्रस्तुत नीति तथा कार्यक्रमको सफल रुपमा कार्यान्वयनका लागि आवश्यक सहयोग, सल्लाह र नमूना नगर निर्माणका लागि हाम्रा सम्पूर्ण मतदाता, व्यापारी बर्ग, निजि क्षेत्र, प्रदेश सरकार तथा संघीय सरकारलाई हार्दिक अनुरोध गर्न चाहन्छु । धन्यवाद् ।

भुपेन्द्र बहादुर चन्द
नगर प्रमुख
भेरीगंगा नगरपालिका, सुर्खेत
मिति : २०७७।०३।१०