कोरोनाको औषधि बनाएको रामदेवको दाबी
काठमाडौंः पतन्जलीका बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को औषधि बनाएको दाबी गरेका छन् । रामदेवले मंगलवार कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका हुन् । यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनको दाबी छ ।
रामदेवका अनुसार दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा दुई सय ८० जना संक्रमित सहभागी थिए । उनले भनेका छन्, ‘शतप्रतिशत विरामी ठीक भए, एक जनाको पनि मृत्यु भएन ।’ क्लिनिकल कन्ट्रोल ट्रायलमा भने एक सय जना सहभागी थिए । उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित तीन दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आयो ।
रामदेवको दाबी छ, ‘हाम्रो औषधिको शतप्रतिशत रिकभरी रेट छ, शून्य प्रतिशत डेथरेट छ ।’ उनका अनुसार यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको छ ।
प्रकाशित मितिः ९ असार २०७७, मंगलवार १५:२२
साझा बिसौनी ।