कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।
अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । उनीहरुमध्ये पाँच जनालाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
जेठ महिनामा दैलेखका २ जना र सुर्खेतका १ जना बिरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेका थियो । तीमध्ये दैलेखबाट आएका एक जना बिरामी क्षयरोगी थिए भने दैलेखका एक जना र सुर्खेतका १ जनाले विष सेवन गरेका कारण उनीहरुलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
प्रकाशित मितिः ८ असार २०७७, सोमबार १२:०२
साझा बिसौनी ।