थप ४६ जनामाकोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार सल्यानका २६ र दैलेखका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ४५ पुगेको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २०, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका २२ जनामा कोरोना संक्रमण भेटिएको हो । हालसम्म दैलेखमा सबैभन्दा बढी सात सय नौ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, सुर्खेतमा दुई सय ७७, सल्यानमा एक सय ६३, कालिकोटका ४२, जुम्लाका २४, जाजरकोटका १०, मुगु दुई, डोल्पा र हुम्ला एक–एक जनामा संक्रमण भेटिएको छ । अन्य प्रदेशका १६ जनामा पनि कर्णलीमै गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोनामुक्त हुनेको संख्या पाँच सय १७ पुगेको छ । कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   ७ असार २०७७, आईतवार ०६:०४