थप एक सय २० जनामा कोरोना संक्रमण
सुर्खेत : कर्णाली प्रदेशमा थप एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार दैलेखका ८६ र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार योसँगै कर्णालीमा कोरोना सक्रमितको संख्या एक हजार दुई सय २४ पुगेको छ ।
प्रदेशमा सबै भन्दा बढी संक्रमित दैलेखमा भेटिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार दैलेखमा कोरोना संक्रमितको संख्या सात सय २२ रहेको छ । सुर्खेतमा दुई सय ७१, सल्यानमा एक सय ३७, कालिकोटमा ४२, जुम्लामा २४, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक र जाजरकोटमा आठ जनामा संक्रमण देखिएको छ ।
यस्तै कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त भएर पाँच सय पाँच जना घर फर्किएका छन् । बिहीवार थप एघार जना डिस्चार्ज भएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, सुर्खेतको सालकोट आइसोलेसन सेन्टरबाट तीन जना र सिम्ता गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट एक जना र दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलसन सेन्टरबाट एक जना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको महाशाखाले जनाएको छ । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ ।
प्रकाशित मितिः ४ असार २०७७, बिहीबार १६:५६
साझा बिसौनी ।