स्थापना दिवसमा अन्तरक्रिया
पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं स्थापना दिवस मनाएको छ । लकडाउनका कारण औपचारिक कार्यक्रम आयोजना नगरिए पनि सञ्चालक समिति, लेखा समिति र सल्लाहकार तथा कर्मचारीबीच अन्तरक्रिया गरेर वार्षिकोत्सव मनाइएको संस्थाले जनाएको छ ।
आवश्यक सतर्कतासहित संस्थाको वित्तीय र गैरवित्तीय व्यवस्थाबारे छलफल तथा अन्तरक्रिया गरिएको हो । संस्थाले शेयर सदस्य संख्या एक हजार पाँच सय ७७ पु¥याएको छ । छरिएर रहेको पूूँजीको संकलन गरी आर्थिक रूपमा विपन्न समुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग पु¥याएको संस्थाका प्रबन्धक रमेश खनालले बताए ।
संस्थाको शेयर पूँजी एक करोड ४४ लाख ६ हजार पाँच सय पुगेको छ भने निक्षेप ६ करोड ५८ लाख ३४ हजार आठ सय ६७ रहेको प्रबन्धक खनालले जानकारी दिए ।
प्रकाशित मितिः ४ असार २०७७, बिहीबार ०६:०१
साझा बिसौनी ।