मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर लागू हुने

काठमाडौं : अब दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने उल्लेख गरिएको थियो । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ । यो सँगै अब मोटरसाइकल र स्कुटरमा पनि सोही प्रणाली लागू हुनेछ ।

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको छ ।  सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १०:१२