खाद्य पसल अनुगमन

वीरेन्द्रनगरका खाद्य तथा किराना पसल अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा अनुगमन गरिएको हो । वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका पाँच वटा खाद्य तथा किराना पसलहरूको अनुगमन एवम् निरीक्षण गरिएको थियो । अनुगमन गर्दा खाद्य सामग्रीहरूको अवस्था सामान्य पाइएको गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख भेषराज थापाले जानकारी दिए । उनका अनुसार अनुगमन टोलीले उक्त पसलहरूलाई खरिद–बिक्री गर्दा अनिवार्यरूपमा बिल जारी गर्ने, लेवल हेरी खरिद–बिक्री गर्ने, अनिवार्यरूपमा मूल्यसूची राख्ने, गोदाम व्यवस्थित गर्ने, हालको अवस्थामा सामाजिक दूरी कायम राखी सुरक्षा सतर्कता अपनाइ खरिद–बिक्री कार्य सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७७, शनिबार ०६:०१