संक्रमित सात सय नाघे

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या सात सय नाघेको छ । बुधवार थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको कूल संख्या सात सय आठ पुगेको हो ।

पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा बुधवार गरिएको पीसीआर परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–४ का एकजना पुरुष, गुर्भाकोट नगरपालिका–१२ का दुईजना महिला १४ नम्बरका चार जना पुरुष र एक जना महिला रहेका छन् । सिम्ता गाउँपालिका–३ का एक पुरुष रहेका छन् । त्यस्तै, जाजरकोट छेडागाड नगरपालिका–१२ का दुई जना पुरुष, शिवालय गाउँपालिका–१ का एक जना पुरुष रहेका छन् ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७७, बिहीबार ०६:०५