कर्णालीमा कोरोना : कुन जिल्लाका संक्रमित कति ?

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय ८७ पुगेको छ । शनिवार ९८ जना नयाँ संक्रमित थपिएका हुन् ।

शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३८, सुर्खेतका नौ, जाजरकोटका चार, दैलेखका ४६ र डोल्पाका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमित दैलेखका छन् । दैलेखमा तीन सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा ७१, सल्यानमा ९१, कालीकोटमा २५, जुम्लामा २२ जनामा संक्रमण देखिएको हो । त्यस्तै, जाजरकोटमा पाँच, मुगुमा दुई, हुम्ला र डोल्पामा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । रुकुम–पश्चिममा भने हालसम्म संक्रमण देखिएको छैन ।

कर्णालीबाटै परीक्षण गरिएका बझाङ, बाजुरा, अछाम, दोलखा, रामेछाप र गोर्खा गरी १५ जनामा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मितिः   २४ जेष्ठ २०७७, शनिबार १८:४५