नेपालमा स्वास्थ्य संकटकाल घोषणाको तयारी

काठमाडौं : सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । यसबारेमा निर्णय गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको छ ।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमितको संख्या २ हजार नाघेमा स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको थियो ।

सोहीअनुसार बुधबार सो सम्बन्धि निर्णय भएको छ ।

मन्त्रालयले तयार पारेको जनस्वास्थ्य संकटकाल घोषणाको कार्ययोजना मन्त्रिपरिषदबाट पास हुनासाथ लागू हुने मन्त्रालय स्रोतले जनाएको छ।

नेपालमा कोभिड-१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्ने तयारी गरेको हो । सरकारले कोभिड-१९ सम्बन्धी ल्याएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अन्तर्गत २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरस संक्रमितको २ हजार नाघेसँगै जनस्वास्थ्य संकटकाल घोषणा गर्न बाटो खुलेको बताए ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७७, बुधबार १९:०६