कर बुझाउने म्याद असार ७ गतेसम्म थप

 काठमाडौं : आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद दुइ साता थप गरेको छ ।  असार ७ गतेसम्मलाई म्याद थप गरिएको हो ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

लकडाउनका कारण करिब तीन महिनादेखि सबै ठप्प भएको बेला कर तिर्न विभागले जारी गरेको सूचनाको तीव्र आलोचना भइरहेको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७७, बुधबार १५:४६