थपिए १६ जना कोरोना संक्रमित

सुर्खेत : कर्णाली प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार सल्यान, दैलेख र कालिकोटमा संक्रमित थपिएका हुन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका सात जना, कालिकोटका ८ जना र सल्यानका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । मंगलवारसम्म २ सय ६२ जनामा संक्रमण देखिएको थियो ।

 

प्रकाशित मितिः   २१ जेष्ठ २०७७, बुधबार १४:०५