कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

सुर्खेतः कालीकोटको नहरहरीनाथ गाउँपालिका–१ मा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने रास्कोट नगरपालिका–१ का डबल शाही हुन् ।
नरहरीनाथ–१ लालीगढबाट खाद्यान्न बोकी कोमलगाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख (डिएस्पी) श्याम वलीयाले जानकारी दिए । उनका अनुसार लालीगढ नजिकैको सडकबाट जिप करिब तीन सय फिट तल खसेको थियो । दुर्घटनामा नरहरीनाथ –३ का ५० वर्षीय पूर्णप्रसाद उपाध्याय घाइते भएको प्रहरीले बताएको छ ।