कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि
सुर्खेत : कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।
प्रकाशित मितिः २० जेष्ठ २०७७, मंगलवार १३:५६
साझा बिसौनी ।