कर्णालीका ६ हजारको पीसीआर, १३ हजारको आरडीटी परीक्षण

सुर्खेत : कर्णाली प्रदेशमा १३ हजार जनाको र्‍यापिड डाइग्नोस्टीक टेस्ट (आरडीटी) र ६ हजार जनामा आरटी-पीसीआर परीक्षण गरिएको छ ।

आइतवारसम्म प्रदेशका  १३ हजार दुइ सय तीन जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । जसमध्ये एक सय ३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने १३ हजार ६७ जनाको नेगेटिभ आएको उनले बताए ।

यसैगरी पीसीआर विधिबाट हालसम्म ६ हजार ९ सय ९१ जनाको परीक्षण गरिएको छ । पीसीआर परीक्षणमा एक सय २३ जनाको रिपोर्ट पोजेटिभ आएर कोरोना संक्रमण पुष्टि भइसकेकाे छ । ६ हजार चार सय ९४ जनाको नेगेटिभ आएको थियो भने ३ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रखुम कँडेलले जानकारी दिए ।

अहिलेसम्म कर्णालीका चार जिल्ला सुर्खेत, दैलेख, कालिकोट र सल्यानमा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित सबै भारतबाट फर्किएका हुन् ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७७, आईतवार १७:११