कर्णालीमा ८ दिन सार्वजनिक विदा
सुर्खेत : कर्णाली प्रदेशमा ८ दिन सार्वजनिक विदा दिइने भएको छ । प्रदेश सरकारकाे मन्त्रीपरिषदको बैठकले वि.सं. २०७७ सालमा ८ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न सिफारिस गरेको छ ।
यी हुन् सार्वजनिक विदा हुने दिन :
धान दिवस |
असार १५ गते | प्रदेशका जुम्ला बाहेक ९ जिल्लामा |
चैत्र १२ गते | जुम्ला जिल्लामा | |
साउने संक्रान्ति तथा देउडा पर्व | श्रावण १ गते | प्रदेशभर |
प्रदेश स्थापना तथा शहिद दिवस | भाद्र ४ गते | प्रदेशभर |
चन्दनाथ मन्दिरको लिंगो बोक्ने मेला | असोज कृष्ण त्रयोदशी | जुम्ला जिल्लामा मात्र |
माघे संक्रान्ति (माघी) | माघ १ गते | प्रदेशभर |
चैते दशैँ | चैत्र शुक्ल अष्टमी | प्रदेशभर |
फोत्तोलो ल्होसार | तिथि अनुसार | प्रदेशभर, सम्बन्धित समुदायको लागि मात्र |
तिथि अनुसार दिइने विदाको मिति आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्तत् समयमा निर्णय गरी सार्वजनिक गर्ने पनि गरिएको छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०७७, बुधबार १३:०९
साझा बिसौनी ।