कर्णालीमा कोरोना संक्रमित २३ पुगे

सुर्खेत : कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । ८ जना वीरेन्द्रनगर नगरपालिका तथा भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकाका २/२ जना रहेका प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।

यसअघि सुर्खेतमा ३ र दैलेखका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः   १३ जेष्ठ २०७७, मंगलवार ११:३२