कर्णालीमा ११ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । आइतवार र सोमवार सात जना नयाँ संक्रमित भेटिएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नेपालगञ्जको प्रयोगशालामा पाँच जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ भेटिएका सबै संक्रमित दैलेखका हुन् । यसअघि सुर्खेतका तीन र दैलेखका एक जनामा कोरोना पुष्टि भएको थियो । उनीहरूमध्ये चार जनाको सुर्खेतस्थित प्रदेश अस्पतालमा र पाँच जनाको दैलेख अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र अवस्थामा सामान्य रहेको बताए ।

प्रकाशित मितिः   १३ जेष्ठ २०७७, मंगलवार ०६:५२