थानीद्वारा दुई लाख सहयोग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सुर्खेतका नौ वटै स्थानीय तहका विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् । कोरोना भाइरसको माहामारी नियन्त्रणमा जुटेका स्थानीय तहहरूलाई थानीले व्यक्तिगत रूपमा दुई लाख पच्चीस हजार रूपैयाँ प्रदान गरेका हुन् ।

नेता थानीले नौ वटै स्थानीय तहलाई समान २५÷२५ हजारका दरले रकम प्रदान गरेका छन् । यसअघि जिल्लाका आठ वटा स्थानीय तहलाई रकम हस्तान्तरण गरिसकेका उनले आइतवार वीरेन्द्रनगरलाई प्रदान गरेका हुन् । पूर्वमन्त्री थानीले वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाललाई रकम हस्तान्तरण गरे । रकमसहित मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ ।

सरकारको अभियानमा सघाउ पु¥याउन रकम प्रदान गरेको नेता थानीको भनाइ छ । साथै उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका आ–आफ्नो ठाउँबाट जनचेतना र प्रचार–प्रसारमा जुट्न कांग्रेसका सबै नेता–कार्यकर्तालाई आग्रह पनि गरे । सरकारले सञ्चालन गरेको एकद्वार प्रणालीमार्फत सहयोग रकम वितरण गरिएको जनाइएको छ ।

रकम बुझ्दै वीरेन्द्रनगरका कार्यवाहक नगर प्रमुख ढकालले सहयोग रकमले कोरोना नियन्त्रण तथा रोकथामको लागि सहयोग पुग्ने बताइन् । राहत वितरणमा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, क्षेत्र नम्बर दुईका सह–क्षेत्रीय सभापति नारायण कोइरालालगायतको सहभागिता गरेको थियो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार ०७:३१