जेठ २० सम्म थपियो लकडाउन

काठमाडौँ — सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो ।

आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।

छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार ०७:३६