विद्युत महशुल काउण्टर आजदेखि खुल्ने
सुर्खेतः नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले कोरोना भाइरसबाट जोगिन बन्द गरेका महशुल काउन्टर खोल्ने भएको छ । आजदेखि केन्द्र अन्तरगतका सबै काण्टरबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म महशुल लिइनेछ ।
केन्द्रका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि ५ सम्म आइतबार र सोमवार, वडा नं. ६ देखि १० सम्म मंगलवार र बुधवार वडा नं. ११ देखि १४ र लेकवेशी नगरपालिका सबै क्षेत्रमा बिहीवार र शुक्रवार काउण्टर खुल्ने छन् ।
यस्तै छिन्चु काउन्टरमा आइतबार, सोमवार र मंगलवार भेरीगंगा नगरपालिका क्षेत्रको लागि खुला रहनेछ । बुधवार, बिहीवार र शुक्रवार लेकवेशी नगरपालिका लागि खुला गरिनेछ । आइतबार, सोमवार र मंगलवार गुर्भाकोट नगरपालिका लागि जहरे काण्उटर खुल्ला रहने कार्यालयले जनाएको छ । बुधवार र बिहीवार भेरीगंगा नगरपालिकाका लागि जहरे काउन्टर खुल्ला रहने छ भने शुक्रवार लेकवेशी नगरपालिकाका लागि खुुला रहनेछ ।
केन्द्रले सम्भव भएसम्म अनलाइनबाट नै विद्युत महशुल भुक्तानी गर्न अनुरोध गरेको छ । मशसुल बुझाउन आउँदा अनिवार्य विद्युत ग्राहक कार्ड लिएर आउन र बिना पासका सवारी साधन प्रयोग नगर्न पनि आग्रह गएिको छ ।
प्रकाशित मितिः ३० बैशाख २०७७, मंगलवार ११:३६
साझा बिसौनी ।