पेस्तोलसहित भागेका प्रहरी जवान मृत भेटिए

सुर्खेतः सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । जिल्लाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मङ्गलवार मृत अवस्थामा भेटिएका हुन् ।

डियुटीमा रहेका उनी सोमवार राति प्रहरी चौकीबाट भागेका थिए । एक थान पेस्तोल र सात राउन्ड गोलीसहित भागेका खड्काको शब मङ्गलवार विहान करिब नौ बजे चौकीदेखि करिक पाँच सय मिटरको दुरीमा फेला परेको प्रदेश प्रहरी प्रमुख बसन्तकुमार पन्तले जानकारी दिए । उनको कन्चटमा गोली लागेको अवस्थामा भेटिएको पन्तले जनाए । खड्काले आत्महत्याका गरेका हुन् या हत्या गरिएको भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ । मृतक खड्का सुर्खेतकै मेहेलकुना निवासी हुन् ।