लकडाउन वैशाख २५ सम्म लम्बियो
सुर्खेतः सरकारले जारी लकडाउन दश दिन थप्ने निर्णय गरेको छ । आइतबारको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जनाए ।
कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको जोखिम देखिएपछि सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ २ गतेसम्मलाई हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ । कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले सरकारलाई एक हप्ता लकडाउन थप गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मितिः १४ बैशाख २०७७, आईतवार २०:१३
साझा बिसौनी ।