प्रदेश सभाको चालु अधिवेशन अन्त्य
सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज(शुक्रवार) राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको निर्णय गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश प्रमुख कलौनीले चालु अधिवेशन अन्त्यको निर्णय गरेको सूचना प्रदेश प्रमुखको कार्यालयले प्रकाशित गरेको छ ।
चालु हिउँदे अधिवेशन गत माघ २४ गतेदेखि सुरु भएको थियो । तर लामो समय भने बैठक नै नबसी समय बितेको छ । पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण संसद बैठक चल्न सकेको थिएन । अन्तत: प्रदेश प्रमुखले अधिवेशन नै स्थगित गरेका हुन् । तत्काल बैठक बस्न सक्ने अवस्था नभएको र अब अवस्था सहज भएमा पनि बजेट अधिवेशन आह्वान गर्नुपर्ने हुनाले लामो सममयदेखि स्थगित भएको अवस्थामै हिउँदे अधिवेशन अन्त्यको निर्णय गरिएको जनाइएको छ ।
प्रकाशित मितिः ५ बैशाख २०७७, शुक्रबार १२:४९
साझा बिसौनी ।