स्थानीय तहमै आरडिटि परीक्षण
जाजरकोट : जाजरकोटका विभिन्न स्थानमा रहेका होम क्वारेन्टाइनमा बसेकाको र्यापिड डायग्नोेष्टिक टेष्ट किट (आरडिटि)मार्फत कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।
कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा ¥यापिड डाइगोनोस्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण थालिएको हो। जिल्लाका ७ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण गर्ने योजनाअनुसार आईतबारदेखि भेरी नगरपालिकाका होम क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हो। वैशाख ३ गते जिल्लाबाट जाँच टोली खटिने छ । बुधबार जुनिचाँदे गाउँपालिका, ५ गते छेडागाड नगरपालिका र ६ गते शिवालय गाउँपालिका आरडीटी जाँच हुने छ ।
त्यस्तै बारेकोट गाउँपालिका बैशाख ४ , नलगाड नगरपालिकामा ५ गते र कुशे गाउँपालिकामा ६ गते जाँच गर्न लागिएको प्रमुख जैसीले जानकारी दिए । भेरी नगरपालिकामा आइतबार १४ जनाको जाँच भएको छ भने बाँकी अन्यको आज हुने उनले जनाए । आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पिसिआर मेसिनमा जाँचका लागि सुर्खेत पठाईने जानकारी दिए । पहिलो चरणमा २६० जनाको जाँच गरिने छ । थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
पहिलो चरणमा प्रदेश कार्यालयबाट ३ सय थान किट जाजरकोट पठाएको प्रजिअ पन्तले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन् ।
आरडिटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी गर्दा र्यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ ।
प्रकाशित मितिः २ बैशाख २०७७, मंगलवार १६:२८
साझा बिसौनी ।