स्याकद्धारा सिम्ता र चिङ्गाड गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सुर्खेत : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतका दुइ स्थानीय तहलाई आवश्यक सामग्री सहयोग गरेको छ ।

स्याक नेपालले एकद्धार प्रर्णाली मार्फत सुर्खेतको सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकालाई सामग्री सहयोग गरेको हो । सिम्ता गाउँपालिकालाई एक सय २० थान साबुन, पाँच लिटर सेनिटाईजर, चार सय मास्क तथा पाँच थान पिपिइ उपलब्ध गराएको स्याकका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए । उनका अनुसार चिङ्गाड गाउँपालिकालाई १० थान पीपीई, तीन लिटर सेनिटाईजर, साबुन ५० थान र मास्क ५० थान उपलब्ध गराईएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष खगेन्द्रप्रसाद सापकोटाले सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसिलाई र चिङ्गाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिर्घबहादुर बुढा मगरलाई निर्देशक आचार्यले शनिबार उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमासंस्थाबाट भएको सहयोगले स्थानीयतहलाई कोरो विरुद्धको रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसिले बताए । चिङगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुढाले स्याक नेपालले उपलब्ध गराएको सामग्रीले गाउँपालिकालाई अभियान संचालनमा थप सहयोग पग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २९ चैत्र २०७६, शनिबार १८:१२