वैशाख ३ गतेसम्म लकडाउन

काठमाडौँ  :  सरकारले वैशाख ३ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।