छैटौं व्यक्तिमा भेटियो कोरोना भाइरस सङ्क्रमण

नेपालमा छैटौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण देखिएको छ।

बिहीवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले  छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन् ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो।’

ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन्।

यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो। दुबै संक्रमित टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।

प्रकाशित मितिः   २० चैत्र २०७६, बिहीबार १७:०८