कोरोना परीक्षण मेसिन सुर्खेत आउन अझै एक हप्ता लाग्ने

सुर्खेत : कोरोना भाइरस परीक्षण गर्ने मेसिन सुर्खेत आउन अझै एक हप्ता लाग्ने भएको छ । संघीय सरकारले सबै प्रदेशमा कोरोना परीक्षण गर्ने योजना अनुसार पठाउने भनेको मेसिन आउन हप्तादिन लाग्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए । । चीनबाट ल्याएका मेसिन काठमाडौंमा परीक्षण गरेर सुर्खेत ल्याइने जनाए ।

यसैबीच अन्य स्वास्थ्य सामग्री भने सोमवार सुर्खेत आइपुगको छ । हेलिकोप्टरमार्फत लिएर आएका मन्त्री रावतले उक्त सामग्री कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्तरण गरे ।

एक हजार थान पीपीई, दश हजार थान सर्जिकल मास्क, २० हजार थान ग्लोब्स, दश वटा आइआर थर्मोमिटर लगायतका समाग्री हस्तान्तरण गरिएको हो । यी समग्री प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा वितरण गर्नेछ ।

प्रकाशित मितिः   १७ चैत्र २०७६, सोमबार १७:४४